अल न्यू डिजाइनमा अल्टो, अक्टोबरमा सार्वननिक हुँदै, यस्ता छन् फिचर

मारुती सुजुकीले आगामी अक्टोम्बरमा नयाँ जेनेरेशन अल्टो सार्वजनिक गर्ने भएको छ । मारुती अल्टो–८०० भारतीय बजारमा सर्वाधिक बिक्री भैरहेको मोडलअन्तर्गत पर्छ । 

कम्पनीले भारतमा लागू हुने नयाँ इमिशन मापदन्डअनुसार नै उक्त मोडलको निर्माण गरेको जानकारी दिएको छ । यसमा नयाँ डिजाइनसँगै मस्कुलर बडी दिइएको छ । 

हाई–राइडिङ्ग, रेनो–क्वीडको जस्तै बडी–स्टाइल दिइएको छ । सुजुकीकोे हेयरटेक प्लाटफर्ममा निर्माण भएको अल्टोमा ७.० इन्च स्मार्ट–प्ले अडियो स्टुडियो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । 

यो कारमा चालक तथा प्यासेन्जरको सुरक्षाका लागि एयरब्याग, एबीएस ईबीडीसँगै रियर पार्किङ सेन्सर, सिट–बेल्ट रिमाइन्डर सिस्टम, स्पीड वार्निङ सिस्टमलगायतका विशेषता दिइएको छ । यसमा १.० लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको अटोकार इन्डियाले उल्लेख गरेको छ । 

यसको इन्जिनमा फाइभ–स्पीड गियरबक्ससँगै, एएमटी अप्सन दिइएको छ । उक्त इन्जिन भारतमा लागू हुने नयाँ इमिशन मापदन्डअुनसार नै निर्माण भएको कम्पनीले जनाएको छ । नेक्ट जेनेरेशन अल्टोको मूल्य भने पुरानो भन्दा महंगो हुने जनाइएको छ । 


Back_to_top