काठमाडौं । नेकपाका नेता भीम रावलले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पार्टी र सरकारको घोषित कार्यक्रमभन्दा बाहिर गएर आउको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले आगामी ३ वर्षमा काठमाडौं उपत्यका भित्र विद्युतीय सवारीसाधन मात्र उपयोग गर्ने कार्ययोजना बनाई त्यसलाई लागू गरिनेछ भन्ने नेकपाको घोषणापत्रमा स्पष्ट रुपमा उल्लेख भएको भएपनि त्यसको विरुद्ध विद्युतीय गाडीहरु आयात गर्ने कुरालाई निरुत्साहित किन गरियो भन्ने प्रश्न गरेका छन् ।
विद्युतीय गाडीमा लगाईएको थप करका विषमा नेपाली जनताले बुझ्न चाहेका छन् भन्दै रावलले भने ‘यसमा सरकारले प्रस्ट गर्नु पर्ने र यस्तो निर्णय फिर्ता लिनु पर्छ ।’
पछिल्ला दिनमा सरकारको इलेक्ट्रीक सवारीसाधनमा थप कर लगाउने निर्णयले संसदमा निकै ठूलो चर्चा पाएको छ ।


