सीजीले शनिबारबाट बिक्री थाल्दै ‘एक्सपल्स २१०’, मूल्य कति ?

काठमाडौं । सीजी मोटर्सले हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स २१० शनिबारबाट बिक्री थाल्ने भएको छ । यसअघि नै नेपाल आइपुगेको एक्सपल्स २१० आइतबारबाट ग्राहकले खरिद गर्न सक्नेछन् ।

झण्डै १० महिना अगाडि नै नेपाल ल्याएर देखाएको एक्सपल्स २१० अब भने बिक्री थाल्न लागिएको हो । सीजी मोटर्सले नाडा अटो शो २०२५ मै यसलाई देखाएको थियो ।

कम्पनीले काठमाडौंको सल्लाघारीमा एक कार्यक्रम आयोजना गरेर नयाँ एक्सपल्स २१० बिक्री थाल्न लागेको हो ।

मूल्यका बारेमा आधिकारिक जानकारी बाहिर नआएता पनि यो मोटरसाइकल ६ लाख रुपैयाँ हाराहारीमा बिक्री थालने हाम्रो अनुमान छ ।

डबल पर्पस मोटरसाइकल एक्सपल्सले यो सेग्मेन्टमा सीएफमोटो डुअल २५०, मोर्बिडेली २५० एक्स एड्भेन्चर जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैले पनि यसको मूल्य निकै आकर्षक हुने अनुमान गरिएको हो ।

एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४।६ बीएच पावर तथा २०।७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ । यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ भने रियरमा २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन उपलब्ध छ ।

इन्ड्यूरो स्टाइल टेल सेक्सन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।


Back_to_top