काठमाडौं । केही दिन अगाडि ३ लाख रुपैयाँ मूल्य बढाएर ५३ लाख ९९ हजार रुपैयाँ बनाइएको आइकार भी-२३ फेरी ५० लाख ९९ हजारमै पाइने भएको छ । आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइलले सिमित स्टकमा पहिलेकै मूल्य लागु हुने जनाएको हो ।
‘सिमित स्टक अफर’ भन्दै कम्पनीले आइकार भी-२३ बजेट अगाडि कै मूल्य ५० लाख ९९ हजारमा किन्न सकिने विज्ञप्ती जारी गरेर बताएको हो । कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उपभोक्ताको उल्लेखनिय रुची र विश्वास प्रति कृतज्ञता ब्यक्त गर्दछौं । बजेट अगाडि आयात भएका गाडीमा पुरानै मूल्य लागु हुनेछ ।’
बजेट अगाडि आयात भएका कार सकिएसँगै स्वत नयाँ मूल्य ५३ लाख ९९ हजार रुपैयाँ हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
आइकार भी २३ मा १०० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । यसमा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । जसले एकपटकको फुलचार्जमा ४०० किलोमिटर रेन्ज दिन्छ ।
यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको डिपार्चर एङ्गल ४० र अप्रोच एङ्गल ४२ डिग्री रहने छ ।
अगाडिका दुवै सिट इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने कारमा ७ वटा स्पीकर पाउन सकिन्छ । जसले गाडीको साउण्ड सिस्टमलाई उत्कृष्ट बनाउने छ । चेरीले आइकार भी २३ मा स्क्वायर सेपमा एयरभेन्ट दिएको छ । ड्यासबोर्डको बीचमा १५।४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यसमा पाउन सकिन्छ ।
एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे-३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।
स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।


