काठमाडौं । यूएम बाइको आधिकारीक बिक्रेता आर्इएमइ अटोमोटिभ्सले आफ्ना यूएम डिएसआर बाइक चालकलाइ अफरोड राइड गराउने भएको छ । आफ्ना ग्राहकलाइ मनोरन्जन तथा नयाँ अनुभवका लागी उक्त कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ ।
शनिबार हुने उक्त राइड जमलमा रहेको यूएम बाइक शोरुमबाट सुरुभइ सुन्दरीजल हुँदै चिसापानी पुगेर सोहि रुट फिर्ता हुने छ । यस राइडमा सहभागी हुन चाहने यूएम डिएसआर बाइक चालकले यहि २२ गते शुक्रबारसम्ममा जमलमा रहेको यूएम बाइको शोरुममा सम्पर्क गर्नसक्ने कम्पनीले बताएको छ ।
उक्त राइडमा सहभागी हुन कुनै शुल्क नलाग्ने जनाइएको छ, साथै फ्युल तथा लन्च पनि आयोजकले उपलब्ध गराउने छ ।
आफ्ना ग्राहकसँगको सम्बन्ध नजिक राख्न तथा ग्राहकहरुलार्इ मनोरन्जन दिनका लागी यस्तो आयोजना गर्दै आएको कम्पनीले बताएको छ ।