कैलाली र कञ्चनपुरमा आएको आँधीले सवारीसाधनमा ठूलो क्षति

Not found

काठमाडौं । कैलाली र कञ्चनपुरमा हिजो बिहिबार राति आएको भिषण हावाहुरी र असिना पानीले जनजीवन प्रभाबित भएको छ । उक्त प्राकृतिक प्रकोपबाट के कति क्षति भएको छ भन्ने पूर्ण विवरण बाहिर आईसकेको छैन । 

यद्यपी हिजो अबेर रातिसम्म करिब ४० जना घाइते र एक जनाको मृत्यू भएको जनाइएको छ । यसरी आयको प्राकृतिक विपत्ती यति भयानक थियो कि मानिसका घरका छाना, सडकमा रहेका सवारीसाधनलाई र घरमा पाकिङ्ग गरेर राखिएका सवारी साधनमा ठूलो क्षति पुगेको छ ।

सडकमा बिजुलीका पोलहरु ढलेका छन् भने रुखहरु भाँचिएका छन् । साना र हलुका सवारीसाधन सडकमा ढलेका छन् । यसरी आएको विपत्तीले निकै ठूलो धनमालको क्षति गरेको आँकलन गरिएको छ । रातीको समयमा आएको आँधीले पुर्याएको क्षतिको विवरण आउने क्रम जारीरहेको छ । 

दुबै जिल्लामा आएको आँधी र असिनापानिले सवारीसाधनमा पुगेको क्षति निकै ठूलो रहेको अनुमान गरिएको छ । 



image not found