जुम्लामा पहिलो पटक स्मार्ट लाइसेन्स

Not found

खलङ्गा । जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट शुरु भएको छ । 

सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भि आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गरे । 

सो अवसरमा उनले अहिलेको प्रविधिको युगमा यो प्रक्रियाबाट स्मार्ट लाइसेन्स वितरण हुनु खुशीको कुरा भएको बताए । 

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सवारी चालक अनुमितपत्र लिँदा यहाँका नागरिकले व्यहोर्नुपर्ने झण्झटको अब अन्त्य हुने बताए ।  



image not found