तुरतुरे ताल फुट्दा २ सय मिटर राजमार्ग बगायो

Not found

काठमाडौं। बाग्लुङको तुरतुरे ताल फुट्दा मध्यपहाडी राजमार्ग नै बगाएको छ । सडक मार्ग नै बगाएपछि आवतजावतसमेत बन्द भएको छ । उक्त ताल गत भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल थियो । 

उक्त कृतिम तालमा पर्यटन व्यवसायीहरुले डुंगा संचालन गर्दै आएका थिए । लगाताको वर्षले तालमा पानीको चाप बढेपछि आज बिहान ताल फुटेको स्थानीयले बताएका छन् । 

यसअघि पहिरोले गर्दा ताल बनेको स्थान अब खुल्ला भएको छ । ताल फुटेसँगै बडिगाड गाउँपालिकाको भिमगिठेमा मध्यपहाडी राजमार्गको २ सय मिटर पिच बाटोसमेत बगाएको छ । बाटो बगाउँदा गुल्मी हुँदै बाग्लुङ–बुर्तिबाङतर्फ आवत–जावत अवरुद्ध भएको हो । उक्त स्थानमा पैदल हिड्ने बाटो समेत बाँकी नरहेको स्थानीयको भनाइ छ ।

गत वर्ष पहिरोले खोला थुनिएर ताल बन्दा बाग्लुङको सिमलचौरका चार घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।



image not found