नेपाल-चीन हवाई सम्झौता

Not found

काठमाडौं । नेपाल सरकारले चीनसँग नयाँ हवाई सम्झौता गरेको छ । चीनको राजधानी बेइजिङमा बिहीबार र शुक्रबार दुई दिनसम्म भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । 

सम्झौता अनुसार अब नेपाल र चीन सरकारबीच हप्तामा ९८ वटा उडान हुने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सातामा ७० वटा उडान गर्दै आएका थिए । थपिएको २८ वटा उडान निर्मानाधीन पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर गरिने सम्झौता भएको हो ।

नयाँ सम्झौतामा नेपाली जहाजको लागि थप ८ नयाँ गन्तव्य थप्दै १५ गन्तव्यमा उडान भर्न पाउने व्यवस्था गरिएको छ । यसअघि नेपालबाट ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने प्रावधान थियो । थपिएको गन्तव्यमा नेपाली कम्पनीले रोजेको गन्तव्यलाई अनुमति दिने प्रतिवद्धता चीनले गरेको छ ।



image not found