आज राति १२ बजेपछि पेट्रोलको मूल्य घट्ने

Not found

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान २ रुपैयाँ घटाउने भएको छ । निगमले स्वचालित मूल्य अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ । तर, यो घटेको मूल्य आज दिउँसाे १२ बजेबाट मात्र लागु हुने जनाइएको छ ।

आजबाट संचालनमा आएको नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाईनको उद्घाटन कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । 

‘आजबाट हाम्रो पाइपलाईन पनि संचालनमा आएको छ, आजैबाट हामीले मूल्य समायोजन पनि गरेका छौँ’ नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले भने । 

स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य  १०९ बाट घटेर १०७ रुपैयाँ कायम हुनेछ । 

अहिले डिजेलको मूल्य ९७ रुपैयाँ रहेको छ भने मट्टितेलको मूल्य पनि समान ९७ रुपैयाँ रहेकाले अब यी दुबैको मूल्य समान ९५ रुपैयाँ कायम हुनेछ । 



image not found