फेस्टिवल मार्केट: बजाजको मोटरसाइकल जिते सुन्दर महर्जनले

Not found

काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल शपिगं मार्केट समापन भएको छ ।

पाँच दिनसम्म चलेको फेस्टिवल मार्केटमा सहभागि ७३ हजार अवलोकनकर्तामध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल जितेका छन् ।

दशैं मेला समापनको दिनमा भएको गोलाप्रथाबाट शर्मिला सप्लायर्सका सुन्दर महर्जनले बजाजको डिसकभर बाइक जितेका हुन् ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित फेस्टिवल शपिगं मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु राखिएका थिए । 

आयोजकले फेस्टिवल मार्केट अवलोकन गर्न पुगेका तथा सामान किन्नेहरुलाई दैनिक रुपमा आकर्षक उपहार बितरण गरेको थियो । मार्केटलाई काठमाडौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्धन गरेका थिए । 



image not found