बढेको सडक उपभोग दस्तुर भोलीबाट तिर्नु पर्ने, कुन सडकखण्डमा कति

Not found

काठमाडौं । संघीय सरकारले दुई महिना अगाडि सडक प्रयोग दस्तुर बढाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट बढाइएको दस्तुर भोली मंगलबारबाट उठाउने भएको छ ।

नौबिसे–मुग्लिन र हेटौंडा–नारायणगढ क्षेत्रमा सवारी साधनलाई बढाईएको कर सडक बोर्डले भोलीबाट उठाउने भएको हो।

सरकारले सडक उपभोग कर मोटरसाइकलदेखि ठूला सवारीसाधनसम्मलाई लगाउने भएको छ । जसमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म लाग्ने छ । 

नौबिसे–मुग्लिङ सडकखन्डको प्रयोग वापत ठूला सवारी साधन बस, मिनीबस, ट्रक, र हेभिमेशिनरी इक्विप्मेन्टले १२० रुपैयाँ तिर्नु पर्नेछ भने साना कार, जीप, पिकअप भ्यान र ट्र्याक्टरले ५० रुपैयाँ तिर्नु पर्नेछ । टेम्पो र मोटरसाइकलले समान १० रुपैयाँ बुझाउनु पर्नेछ । 

त्यस्तै नारायणगढ–हेटौंडा क्षेत्रमा ठूला सवारीलाई १०० रुपैयाँ दस्तुर साना कार, जिप भ्यानले ४० रुपैयाँ र मोटरसाइकलले १० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नु पर्ने छ । 

त्यसैगरी नारायणघाट बुटवल खण्डका लागि बस, मिनिबस, ट्रक र हेवी मेसिन इक्वीपमेन्टका लागि १३०, कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरका लागि ६० रुपैयाँ र तीन पांग्रे टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ तोकिएको छ ।

दमक इटहरीका लागि ठूला सवारीका लागि १२५, सानाका लागि ५०, विराटनगर धरानका लागि ठूला सवारीका लािग ७०, सानाका लागि २५ रुपैयाँ, कोशी जैहरुवाका लागि ठूलाका लागि १४०, सानाका लागि ५५ रुपैयाँ दस्तुर तोकिएको छ ।

जैहरुवा पथलैयाका लागि ठूला सवारीका १२५, सानाका लागि ८५, हेटौंडा विरगञ्जका लागि ठूला सवारीका लागि ८५, सानाका लागि ५०, विरगञ्ज पथलैयाका लागि ठूला सवारीका लागि ५० सानाका लागि २० र टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ कायम गरिएको छ ।

खुर्कोट, सिन्धुली र बर्दिबाससम्मको लागि ठूलाका लागि ११५, सानाका लागि ४५ र टेम्पु र मोटरसाइकलको लागि १५ तथा पाँचखाल मेलम्चीका लागि ठूला सवारीका लागि ५०, सानाका लागि १५ र टेम्पु र मोटरसाइकलको लागि ५ रुपैयाँ कायम गरिएको छ ।

धुलिखेल खुर्कोटका लागि ठूला सवारीका लागि १२५, सानाका लागि ५० र टेम्पु र मोटरसाइकलको लागि १५ रुपैयाँ कायम गरिएको छ ।



image not found