भायनेटले ल्यायो दशै तिहार अफर

Not found

काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले यही भाद्र २६ गतेदेखि  दशै र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि ‘भायनेट दशै तिहार टीभीको उपहार’ नामक नयाँ अफर ल्याएको छ ।  

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेटटीभीको साथ स्काइवर्थको ३२ र ४० इन्च टीभी भारी छुटमा प्राप्तगर्न सक्नेछन् ।  इन्टरनेट र टीभीका ग्राहकबन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको स्काइवर्थ एलईडी टीभी घर लैजान सक्नेछन् । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले स्काइवर्थको ४० इन्च टि.भि र इन्टरनेटको कम्बो प्याकसमेत ल्याएको छ ।

वार्षिक ३४ हजार ५ सय ४५ रुपैयाँमा ग्राहकहरुले ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेटटीभीको साथ स्काइवर्थको ४० इन्च टि.भि घरमै लैजान सक्नुहुनेछ र साथै प्रथम २०० जना ग्राहकहरुले थप रु १ हजार ४ सय ७५ को छट प्राप्त गर्न सक्नेछन् । 

विगत १९ वर्षदेखिभायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहिआएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हालबिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भिसेवा सुचारु गरेको छ । 



image not found