मापसे गरी विमान चलाउन खोज्ने दुई पाइलट प्रहरीको नियन्त्रणमा

Not found

अमेरिकी वायुसेवा कम्पनी युनाइटेड एयरलाइन्सका विमान चालकले मादक पदार्थ सेवन गरेको पाइएपछि दुई विमानचालकलाई स्कटल्यान्डका प्रहरीले नियन्त्रणमा लिएको  छ। 

मादक पदार्थ सेवन परीक्षणमा ती चालकहरु उत्तीर्ण हुन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो।सो विमान स्कटल्यान्डको ग्लास्गोबाट अमेरिकाको न्युयोर्कमा उडान गर्ने तयारीमा थियो।नियन्त्रणमा लिइएका विमानचालकहरुको नाम हाल सार्वजनिक गरिएको छैन। यद्यपि, उनीहरु ४५ र ६१ वर्षको रहेको बताइएको छ।

उनीहरुलाई मंगलबार पेसले सरिफ अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन्।यता, एयरलाइन्स कम्पनीले विज्ञप्ति जारी गर्दै यात्रुहरुको सुरक्षा आफ्नो जिम्मेवारी भएको भन्दै ती चालकहरुलाई सेवाबाट निष्कासन गरेको जनाएको छ।  कम्पनीले घटनाबारे अनुसन्धान गर्न स्कटल्यान्ड प्रहरीलाई सहयोग गर्ने उल्लेख गरेको छ।

सन् २०१७ मा पनि सोही कम्पनीका दुई विमानचालक मापसे जाँचमा असफल भएका थिए। उनीहरुलाई पनि विमानस्थलबाट नियन्त्रणमा लिइ मुद्दा चलाइएको थियो। अदालतले विमानचालक पउल ग्रेबेन्कलाई १० महिना र रोबर्टो लिकोनालाई १५ महिनाको जेल सजाय सुनाएको थियो। बीबीसी



image not found