लाइसेन्स बनाई दिने भन्दै ७० हजारसम्म लिएपछि...

Not found

काठमाडौं । प्रहरीले नक्कली सवारीसाधन चलाउने लाइसेन्स बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । बिहिबार दिउसो रामेछापका मुनालकुमार मोक्तान, सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी पक्राउ परेका हुन् । 

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाइसेन्स बनाइदिने भनेर नक्कली सवारी चालक अनुमती पत्र तयारगरी प्रतिव्यक्ति ६० देखि ७० हजार रुपैयाँसम्म लिएर नक्कली लाइसेन्स दिने गरेको प्रहरीको भनाई छ । 

उनीहरुले मोटरसाइकलदेखि हेभी गाडीको लाइसेन्स समेत बनाउने गरेको प्रहरीले दाबी गरेको छ । 



image not found