विद्युत्तीय सवारी खरिद गर्न नबिल बैंकले साढे ९ प्रतिशतमै कर्जा दिने

Not found

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा विद्युत्तीय सवारी खरिदका लागि सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउँने होडबाजी चलेको छ । 

यसैक्रममा नविल बैंक लिमिटेडले विद्युत्तीय सवारी सधान खरिदका लागि आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ९.५९ प्रतिशत ब्याजदरमा सवारी कर्जा (अटो लोन) उपलब्ध गराउने भएको हो । 

विद्युत्तीय सवारी खरिदमा ८० प्रतिशत फाइनान्सिङ सुविधा प्रदान गर्ने बैंकले जनाएको हो । बैैंकले कर्जाको अवधि सात वर्ष तोकेको छ । 

सरकारले ग्यासोलियन (डिजेल पेट्रोलबाट चल्ने) सवारीलाई क्रमशः विस्थापित गराउने र विद्युत्तीय सवारीको प्रयोग बढाउने नीति अनुसार पछिल्लो समय विद्युत्तीय सवारीको प्रयोग बढ्दै गएको छ ।




image not found