१० दिनभित्र सुन्दर यातायातका विद्युतीय बस चक्रपथमा गुड्ने

Not found

काठमाडौं । सुन्दर यातायातले १० दिनभित्र विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । १० दिनभित्र चक्रपथमा विद्युत्तीय बस गुडाउने सुन्दरका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । 

सुन्दर यातायातले एक साथ ७ वटा बस सञ्चालनमा ल्याउन लागेको हो । हाल कलकत्ता आउने क्रममा रहेको विद्युतीय बस १० दिन भित्र आइपुग्ने थापाले बताए । उनका अनुसार विद्युतीय बस चक्रपथ, बुढानिलकण्ठ, गोंगबु रुटमा गुडाइने  छ । 

सुन्दर यातायातले २ वटा विद्युतीय बस ल्याइसकेको छ भने थप ५ वटा बस ल्याउने तयारी गरेको छ । थप ५ वटा गाडी ९ गते भित्र काठमाडौं ल्याई गुडाउने तयारी गरिने थापाले बताए । 

विद्युतीय सवारी ट्याक्स सहित १ करोड ६५ लाखमा सुन्दर यातायातले भित्र्याउँदै  छ । चालकसहित ४५ सिट क्षमताको उक्त बसमा सीसी क्यामरा, जिपिएस, उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर तथा अत्याधुनीक प्रविधि राखिएको छ  । 

उक्त बस डिजेलको गतिको हाराहारी गुड्ने छ । बस १ पटक चार्ज गरेपछि २ सय ६८ किलोमिटर गुडाउन सकिने  छ । 

बसमा ३ प्रकारको पेमेन्ट सिस्टम राखिएको हुने छ । एउटा क्यास पेमेन्ट, सिक्का तिर्नेको लागि मनी बक्सको समेत व्यवस्था गरिएको छ भने अनलाइनबाट भाडा तिर्न चाहानेले, इसेवा, खल्ती लगायतका प्रविधिबाट पनि भाडा तिर्न सक्ने छन् । साथै कार्डबाटै पेमेन्ट गर्न सकिने वयवस्था समेत गर्ने अध्यक्ष थापाले बताए । 

एउटा कार्ड एक पटक रिचार्ज गरेपछि २ वर्षसम्म त्यस भित्र रहेको पैसा चलाउन सकिने छ । २ सय १५ मा लिइने सो कार्डमा ५० रुपैयाँ बोनस समेत उपलब्ध हुने उनले जानकारी दिए । 

उनका अनुसार कार्डमा पैसा सकिएको खण्डमा यात्रुले २ पटकसम्म फ्रिमा कार्ड प्रयोग गर्न पाउने छन् भने अर्को पटक रिचार्ज गर्दा सो रकम रिचार्ज मार्फत कटाइने छ ।यस्तै ६५ वर्षभन्दा बढि उमेर भएका वृद्धलाई निशुल्क यात्राको व्यवस्था समेत गरिने उनले बताए । बसमा ७ वटा सिसिक्यामेरा राखिने छ  भने २ वटा एसि हुने छ । 

गाडीको टायर र स्प्रिङ पत्ता परिवर्तन गरी ग्राउण्ड क्लेयरेन्स २३० एमएम बनाउने  थापाले जानकारी दिए । कम्पनीले यो गाडीलाई ७ वर्ष वारेन्टी प्रदान गरेको छ ।सो गाडी नेपाली इन्जीनियरहरुा राखि चीनमै निर्माण भएकाले त्यो नेपालको सडकमा गुड्न सक्ने क्षमताको भएको र सो बसमा लाग्ने टायर नेपालमा जतासुकै पाइने उनले बताए । 




image not found