हिसिला यमीको स्कुटर दुर्घटनाः उपचारपछि डिस्चार्ज हुँदै

Not found

काठमाडौं । सडक दुर्घटनामा परेकी समाजवादी पार्टी नेपालकी नेतृ एवं पूर्व मन्त्री हिसिला यमीको उपचार बी एण्ड बी अस्पतालमा भइरहेको छ ।  पार्टीको काममा जाने क्रममा यमी ललितपुरको सातदोबाटोमा दुर्घटनामा परेकी हुन् । यमी सवार इलेक्ट्रीक स्कुटरलाई अर्को तिरबाट आइरहेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी श्रीमती समेत रहेकी यमी हाल खतरा मुक्त रहेको कुरा बाहिर आएको छ । उनका पति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटर मार्फत यमी दुर्घटना पछि ‘ब्रेन कन्कसन’को उपचार गराएको र उनको स्वास्थ्य अहिले ठिक रहेको जानकारी दिएका छन् ।

साथै, डाक्टरले यमीलाई एक हप्ता पूर्ण आराम गर्न भनेकाले उनलाई आराम गर्न दिन समेत भट्टराइले आग्रह गरेका छन् । उनलाई आजै डिस्चार्ज गरिने जनाइएको छ ।



image not found