टोयोटाले खोल्यो जनकपुरमा नयाँ शोरुम, थ्रीएस सेवा पाईने

काठमाडौं । विगत ५२ बर्षदेखि टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले आफ्नो डिलर नेटवर्क नेपालभरी फैलाउने क्रममा जनकपुरमा पनि नयाँ शोरुम बिस्तार गरेको छ । 

जनकपुरको लागि श्रेया अटोमोबाईल्सले नयाँ शोरुम संचालनमा ल्याएको हो । बिगत केही महिनादेखि टोयोटाका गाडीहरु श्रेया अटोमोवाइल्सले बिक्री वितरण गर्दै आईरहेको थियो । अब भने शोरुमको स्तरोन्नति गरि थ्रीएस सेवा संचालनमा ल्याएको हो । 

संचलानमा आएको केही समयमा नै कम्पनीले जनकपुरमा २५ वटा नयाँ गाडी बिक्री वितरण गरिसकेको छ । आज जनकपुरको शोरुमको उद्घाटन युटीएसका सिनियर डायरेक्टर कैलाश राजभण्डारी तथा जनरल मेनेजर महेश कुमारले गरेका थिए । 

शोरुम संचालनको अवसरमै कम्पनीले ७ वटा टोयोटाका गाडीहरु बुकिङ्ग भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । 


Back_to_top