लाइसेन्सको लिखित र ट्रायल आउटसोर्सिङ गरिँदै, १ घण्टामा स्मार्ट लाइसेन्स पाइने

Not found

काठमाडौं । सरकारले सवारी चालक अनुपति पत्र (लाइसेन्स) लिने प्रक्रियालाई सरल र सहज बनाउन लिखित र प्रयोगात्मक परिक्षा (ट्रायल) आउट सोर्सिङ गर्ने तयारी गरेको छ ।

लाइसेन्सका लागि ट्रायल लिन चाहिने ट्रायर सेन्टर सरकारसँग नभएकाले भाडामा लिएर उक्त काम गरि रहनु परेकाले आउट सोर्सिङ उत्तम विकल्प भएको यातायात व्यवस्था विभागको निष्कर्ष छ । अघिल्लो साता विभागले संसदको विकास समितिमा यातायात क्षेत्र सुधारका लागि प्रस्तुत कार्ययोजनामा यस्तो उल्लेख गरेको हो ।

हाल ट्रायल परिक्षाका लागि लाइसेन्स कार्यालयहरुले लिखित पास गरेको केही दिन पछि मात्र बोलाउने गरेका छन् । यस्तो अवस्थाको अन्त्यका लागि विभागले लाइसेन्सको लिखित तथा ट्रायल परिक्षा निजी कम्पनीलाई गर्न दिने तयारी गरेको हो ।

ड्राइभिङ लाइसेन्सको लिखित र प्रयोगात्मक परिक्षालाई सञ्चालन गर्न आउट सोर्सिङ गर्ने, आइएलटीएस र टोफेल परिक्षा जस्तै लिखित परिक्षा सञ्चालन गर्ने नीति ल्याउने र प्रयोगात्मक परिक्षामा डिजिटल सेन्सर फिल्ड तयार गरि परिक्षा पास भएको एक घण्टा भित्र स्मार्ट लाइसेन्स दिने व्यवस्था गर्ने विभागको योजना छ ।

आउट सोर्सिङ गर्ने सेवाबाट वर्षेनी २ अर्ब राजश्व सरकारलाई प्राप्त हुने सम्भावना समेत विभागले प्रस्तुत गरेको छ । मन्त्रालयबाट सहमति पाए नयाँ आर्थिक वर्षदेखि लाइसेन्सको लिखित तथा ट्रायलमा आउट सोर्सिङ लागु गर्ने विभागको भनाई छ । 



image not found