काठमाडौंलाई धुलोमुक्त बनाउन न्यूनतम १० वटा ब्रुमर चाहिने

Not found

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंलाई धुलो मुक्त बनाउन १० वटा ब्रुमर चाहिने बताएको छ । महानगर धुलो मुक्त बनाउन न्यूनत १० वटा ब्रुमर चाहिने भन्दै महानगरले थप २ वटा नयाँ ब्रुमर ल्याउने खरिद प्रकृया अघि बढाइएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । 

थप २ वटा नयाँ ब्रुमर आएपछि महानगरसँग ९ वटा ब्रुमर हुनेछ । ‘हामीसँग हाल ७ वटा ब्रुमर छ, थप २ वटा नयाँ ब्रुमर ल्याउन खरिद प्रकृया भइरहेको छ, काठमाडौंलाई धुलो मुक्त बनाउन न्यूनतम १० वटा ब्रुमर चाहिन्छ,’ डंगोलले भने । 

उनले हाल सञ्चालनमा रहेका ब्रुमरले दैनिक १० मेट्रिकटन फेहोर संकलन गर्ने गरेको जानकारी दिए । आज आयोजित पत्रकारसम्मेलनमा बोल्दै उनले अब चाडै काठमाडौंलाई धुलो मुक्त सहरका रुपमा स्थानमा गरिने बताए । 

उनले थप नयाँ २ वटा ब्रुमर ल्याएपछि महानगरसाग ९ वटा ब्रुमर हने र त्यसले काठमाडौंलाई धुलो मुक्त सहर बनाउन निकै सहयोग पुर्याउने जानकारी दिए । 

डंगोलले अबको समयमा सडहलाई धुलोमुक्त बनाउन ब्रुमरमैत्री सडक समेत निर्माण गरिने बताए । हाल महानगरसँग आफै किनेको ५ वटा र चीन सरकारले दिएको २ वटा ब्रुमर गरि ७ वटा बु्रमर रहेको छ । महानगरले १२ करोड ६६ लाख रुपैयाँमा ५ वटा ब्रुमर इटालीबाट ल्याएको हो । 

४ वटा ठूला ब्रुमर १ करोड ७९ लाख ५३ हजार ११५ रुपैयाँको दरमा खरिद गरिएको हो भने अर्को सानो ब्रुमरको १ करोड ४८ लाख रुपैयाँमा खरिद गरिएको हो ।

एउटा बु्रमरले १ घण्टामा ५ किलोमिटर सडकको धुलो उठाउने क्षमता राख्छ । महानगरले दैनिक २ सय किलोमिटर सडक सफा गर्ने उद्देश्यसहित बु्रमर ल्याएको हो । ५ वटा बु्रमर मध्ये ४ वटा १६ टन क्षमता बराबरका रहेको छ भने अर्को एउटा ६ टन क्षमताको रहेको छ ।

महानगरपालिकाले हरेक दिन राती ८ बजेदेखि बिहान ४ बजेसम्म ८ घन्टा ब्रुमर संचालन गर्दै आएको छ । 



image not found