१२५ सीसीसम्मका मोटरसाइकल हुनेले कुन प्रदेशमा कति कर तिर्ने (सूचीसहित)

Not found

काठमाडौं । १ सय २५ सीसीसम्म इन्जिन क्षमताका मोटरसाइकलमा प्रदेश अनुसार भिन्दा भिन्दै वार्षिक कर लाग्दै आएको छ । देश संघीयतामा गएपछि सवारीसाधनको वार्षिक कर निर्धारणको अधिकार प्रदेश सरकारमा रहेको छ । 

सवारीसाधनमा लाग्ने वार्षिक करमा प्रादेशिक स्वायत्तता देखिएको छ । यसले संघीयताको प्रयोग त राम्रैसँग भएको देखिन्छ । तर एकै क्षमताका सवारीसाधनमा लाग्ने कर भने प्रदेश पिच्छे फरक फरक रहेको छ । यसले उपभोक्तालाई भने खिन्न बनाएको देखिन्छ । 

प्रदेश नम्बर १ सरकारले १ सय २५ सीसीको मोटरसाइकलले वार्षिक २ हजार ८ सय रुपैयाँ कर तोकेको छ । त्यस्तै प्रदेश नम्बर २ मा सोही क्षमताको मोटरसाइकलको वार्षिक कर २ हजार ५ सय रुपैयाँमात्र रहेको छ । 

प्रदेश २ को तुलनामा प्रदेश १ मा १ सय २५ सीसीसम्म इन्जिन क्षमता भएका मोटरसाइकल प्रयोगकर्ताले वार्षिक ३ सय रुपैयाँ बढी कर तिर्नुपर्छ । 

प्रदेश नम्बर ३ सरकारले १ सय २५ सीसीसम्म इन्जिन क्षमता भएका मोटरसाइकलको वार्षिक कर २ हजार ७ सय ५० रुपैयाँ तोकेको छ । यो प्रदेश नम्बर २ को तुलनामा वार्षिक २ सय ५० रुपैयाँ धेरै हो । 

गण्डकी प्रदेशले १ सय २५ सीसीसम्म इन्जिन क्षमता भएका मोटरसाइकलको वार्षिक कर २ हजार ६ सय रुपैयाँ तोकेको छ । यो प्रदेश १ को तुलनामा २ सय रुपैयाँ कम र प्रदेश २ को भन्दा १ सय रुपैयाँ बढी हो । 

प्रदेश नम्बर ५ ले १ सय २५ सीसीसम्म इन्जिन क्षमताका मोटरसाइकलको वार्षिक कर २ हजार ५ सय रुपैयाँ तोकेको छ । यो कर प्रदेश २ र सुदूरपश्चिमसँग समान छ भने अन्य प्रदेशको तुलनामा सस्तो रहेको छ । सुदुरपश्चिम प्रदेशले पनि १ सय २५ सीसीसम्म इन्जिन क्षमताका मोटरसाइकलको वार्षिक कर २ हजार ५ सय रुपैयाँ नै तोकेको छ । 

सुदूरपश्चिम प्रदेश, प्रदेश ५, र प्रदेश २ मा १ सय २५ सीसीसम्म इन्जिन क्षमता भएका मोटरसाइकलको वार्षिक कर समान २ हजार ५ सय रुपैयाँ रहेको छ । अन्य प्रदेशमा भने १ सयदेखि ३ सय रुपैयाँसम्म महँगो रहेको छ ।



image not found