६ महिना भित्र उपत्यकाको १५ वटा पेट्रोल पम्प हटाउदै महानगर

Not found

काठमाडौं । सडकपेटी किनारसँगै जोडिएर रहेका पेट्रोल पम्प काठमाडौं महानगरपालिकाले आगामी ६ महिना भित्र हटाउने भएको छ  । महानगरपालिकाले सडकपेटीमा रहेका पेट्रोलपम्पहरु निकै असुरक्षित रहेको भन्दै ६ महिना भित्र पम्प हटाउने योजना बनाएको हो । 

सडक छेउमा रहेका अति जोखिम यूक्त पेट्रोल पम्पलाई थप व्यवस्थीत तथा स्थानान्त्रण गर्ने गरी पम्पहरु हटाउने योजना बनाइएको महानगरले जनाएको छ । 

मादण्ड पुगेको खाली स्थान पहिचान गरि आधुनिक पेट्रोल पम्प निर्माण पाइने महानगरले उल्लेख गरेको छ । 

आपूर्ती तथा वाणिज्य मन्त्रालय, नेपाल आयल निगम, सडक विभाग र काठमाडौं महानगरपालिका मिलेर पुराना प्रविधिका पेट्रोलपम्पहरु हटाइने र नयाँ मापदण्ड अनुसार आवश्यक ठाउँमा आधुनिक पेट्रोल पम्प निर्माण गरिने शहरी सुव्यवस्थापन  प्रमुख हरिबहादुर कुँवारले बताए । 

उनका अनुसार हाल सडक छेउछाउ रहेका जोखि युक्त १५ वटा पेट्रोल पम्पमा अनुगमन गरिएको छ । 

‘हामीले हटाउनु पर्ने १५ वटा पेट्रोल पम्पको लिस्ट तयार गरेका छौँ, उनीहरुसँग छलफल गरि यसलाई कार्यान्वयनमा ल्याइने छ,’ कुँवरले मेरोअटोसँग भने ।

काठमाडौंमा बि.सं २०१२ सालदेखि पेट्रोल पम्प राख्ने व्यवस्था भएको हो । पेट्रोल पम्प र सडकको दुरी नजिक रहेको र सडकमा घट्ने सानो दुर्घटनाले पनि पेट्रोल पम्पमा ठूलो क्षति हुन सक्ने उनले बताए ।

कतिपय अवस्थामा सवारीमा इन्धन हाल्दा सडकमै राखेर इन्धन भर्नुपर्ने अवस्था भएकाले त्यसले सडक जाम गराउने गरेको उनको भनाई छ । अहिलेको व्यवस्थाले ट्राफिक व्यवस्थालाई समेत असर गरिरहेकाले यस्ता पम्प छिट्टै हटाइने उनले बताए । 



image not found