यी हुन् १५० सीसीमा सर्वाधिक बिक्री हुने बाइक, पल्सर पहिलो हुँदा अन्य कति (सूचीसहित)

Not found

काठमाडाैं । १५० सीसी सेगमेन्टका मोटरसाइकल नेपाली उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । नेपाली बजारमा ‘पावर’ सेगमेन्टको रुपमा लिइँदै आएको यो सेगमेन्टमा १ सय ५० देखि १ सय ६५ सीसीसम्मका मोटरसाइकललाई लिइन्छ । 

यो सेगमेन्टमा नेपाली बजारमा बजाज अग्रपंक्तिमा रहेको छ । २०१८ अप्रिलदेखि २०१९ को मार्चसम्ममा बजाजले १५० सीसी सेगमेन्टमा ३६ हजार ५ सय मोटरसाइकल बिक्री गरेको छ । यो सेमगेन्टमा बजाजको बजार हिस्सा ४३ प्रतिशत रहेको छ । बजाजले १५० सीसी सेग्मेन्टमा पल्सर, डिस्कभर, बजाज भी–१५ लगायत मोडल बिक्री गर्दै आएको छ । 

यो सेगमेन्टमा बजाजलाई यामाहाले पछ्याएको छ । १ वर्षमा यामाहाले १५० सीसी सेगमेन्टमा २३ हजार मोटरसाइकल बिक्री गरेको छ । उसको बजार हिस्सा २७ प्रतिशत रहेको छ । यामाहाका एफजेड सिरिज, आर–१५ भी३, एसजेडआरलगायत मोडल १५० सीसी सेगमेन्टमा उपलब्ध रहेको छ । 


१५० सीसी सेगमेन्टमा बजार हिस्साका हिसाबले टीभीएस तेस्रो स्थानमा रहेको छ । २०१८ अप्रिलदेखि २०१९ को मार्चसम्ममा यो सेगमेन्टमा टीभीएसका १२ हजार मोटरसाइकल बिक्री भएको छ । यो कुल बजारको १४ प्रतिशत हो । यो सेग्मेन्टमा टीभीएसले अपाचे आरटीआर १६० र अपाचे १६० फोर भी बिक्री गर्दै आएको छ । पछिल्लो दिनमा टीभीएसले निकै आक्रमक रुपमा बजार बिस्तार गर्दै लगेको छ ।  

स्कुटर सेगमेन्टमा पहिलो रहेको होन्डा १५० सीसी सेगमेन्टमा चौथो स्थानमा रहेको छ । १० प्रतिशत बजार हिस्स सहित होन्डाले १ वर्षमा ८ हजार ५ सय मोटरसाइकल बिक्री गरेको तथ्यांक भन्सार विभागको छ । यो सेगमेन्टमा होन्डाका युनिकर्न, हर्नेट, एक्सव्लेडलगायतका मोडल छन् ।


त्यस्तै पाँचौं स्थानमा सुजुकी रहेको छ, जुन २७ सय ४ वटा बिक्री भएको छ । १५० सीसी सेगमेन्टमा सुजुकीको बजार हिस्सा ३ प्रतिशत रहेको छ । हिरोले १ वर्षमा १५० सीसी सेगमेन्टमा १५ सय वटा मात्र मोटरसाइकल बिक्री गरेको छ । यो सेगमेन्टमा होरोको बजार हिस्सा २ प्रतिशत मात्र रहेको छ ।

यी मुख्य कम्पनी बाहेक अन्य कम्पनीले ल्याउने बाइककाे तथ्यांक यहाँ समाबेस गरिएकाे छैन ।



image not found