यी बाइकको अन्तःशुल्क घट्यो, मूल्य कहिले घट्ला

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७६/७७ को बजेटले केही मोटरसाइकलको मूल्य घट्ने देखिएको छ । बजेटले १५५ सीसीसम्मको मोटरसाइकललाई एउटै समूहमा राखेर अन्तःशुल्क लगाएको कारण मोटरसाइकलको मूल्य घट्ने भएको हो । बजेट आएको धेरै दिन भइसकेकाले अब उपभोक्ता मूल्य घट्ने प्रतिक्षामा रहेको छन् । 

यसअघि १५० सीसीसम्मको मोटरसाइकलमा ४० प्रतिशत अन्तःशुल्क लगाएकोमा अब १५५ सीसीसम्मको मोटरसाइकलमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने भएको हो । नयाँ बजेटले १५५ सीसीसम्मका बाइकमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थाको प्रत्यक्ष फाइदा यामाहाको आर १५ भी ३, सुजुकी जिक्सर १५०, सुजुकी जिक्सर १५० एसएफमा अब ४० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने छ ।

नयाँ बजेटले गरेको व्यवस्था अनुसार यी मोटरसाइकलको मूल्य घट्ने छ यद्यपी कति मूल्य घट्छ भन्ने थाहापाउन केही दिन कुर्नुपर्ने छ । 

अहिले बजारमा बिक्री वितरण भइरहेको जिक्सर सिरिज १५४.९ सीसीको रहेको छ भने यामाहा आर–१५ भी–३ पनि १५५ सीसी इन्जिन क्षमताको रहेको छ ।

यस बाहेका पनि नेपाली बजारमा बिक्री हुने अन्य १५५ सीसीसम्म इन्जिन क्षमता भएका बाइकहरुले नयाँ मापदन्डको फाइदा लिन सक्ने छन् ।  


Back_to_top