९ सय ३९ इच्छुकले दिए पेट्रोल पम्प खोल्न आवेदन

काठमाडौं । नेपाल आयत निगमले गत बैशाख १३ मा नयाँ पेट्रोल पम्प खोल्न आवेदन माग गरेको थियो । असार १३ गते सकिएको उक्त आवेदनको समयभित्र देशभरबाट ९ सय ३९ वटा आवेदन परेको छ । 

निगमले पेट्रोल पम्प खोल्न नयाँ मापदण्ड बनाएको थियो । त्यही मापदण्ड अनुरुप नपाँ पम्म खोल्न आवेदन माग गरिएको निगमको भनाई छ । नयाँ राजमार्ग, पहाडी क्षेत्र र स्थानीय तहलाई लक्षित गरी पम्पको लाइसेन्स खुला गरिएको हो । 

नयाँ मापदण्ड अनुसार निगमले हरेक ३ वर्षमा नयाँ पेट्रोल पम्म खोल्ने स्वीकृति दिनेछ । पेट्रोल पम्प खोल्न आएको आवेदनका आधारमा स्थलगत अध्ययन गरी नयाँ मापदण्ड अनुसार पम्प सञ्चालनका लागि स्वीकृति दिने, नदिने विषयमा निगमले निर्णय गर्ने जनाएको छ । 

नयाँ पेट्रोल पम्प खोल्न सबैभन्दा धेरै प्रदेश नम्बर २ बाट आवेद परेको छ । प्रदेश २ बाट ३ सय २७ आवेदन पर्दा सबैभन्दा कम कर्णाली प्रदेशबाट १६ वटा मात्र आवेदन आएको निगमको भनाई छ । 

त्यस्तै प्रदेश १ बाट १ सय ८९, प्रदेश ३ बाट १ सय २१, गण्डकी प्रदेशबाट २७, प्रदेश ५ बाट २ सय ८ र सुदूरपश्चिम प्रदेशबाट ५२ वटा आवेदन परेको छ । 

यस्तो छ नयाँ मापदण्ड

काठमाडौं र ललितपुरमा १ रोपनी आठ आना, बजार क्षेत्रमा चार कट्ठा, पहाडी क्षेत्रको राजमार्गमा आठ कट्ठा र पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा १० कट्ठा क्षेत्रफलको जमिन पेट्रोलपम्प खोल्न चाहिन्छ । एक पम्पदेखि अर्को पम्पको दूरी कम्तीमा ३ सय मिटर हुनुपर्छ । 

महानगर, उपमहागर र ठूला राजामार्ग क्षेत्रमा ८ लाख, नगरपालिकाभित्र ५ लाख, गाउँपालिकाभित्र ३ लाख र विकट हिमाली तथा पहाडी जिल्लामा २ लाख रुपैयाँ धरौटी राख्नु पर्छ । 


Back_to_top