क्रेटा, किक्स, डस्टर र स्कर्पियोमा प्रतिस्पर्धा, साइज अनुसार कुन एसयूभी ठूलाे

काठमाडौं । विश्वमै प्यासेन्जर कार सेग्मेन्टमा एसयूभीको हिस्सा ३६ प्रतिशतभन्दा बढी भइसकेको छ । विशेषत हाम्रो जस्तो खराव बाटो भएका देशमा त कम्प्याक्ट र मिडसाइज एसयूभीको हिस्सा धेरै रहेको छ ।

भारतीय बजारलाई मध्यनजर गर्दै उत्पादन भएका एसयूभीहरु नेपाली बजारमा बिक्री वितरण भइरहेका छन् । यस्तोमा चाडपर्वको अवसर पारेर कम्पनीहरुले आ–आफ्नो उत्पादनलाई बजारमा बिक्री वितरण गरिरहेका छन् ।

भारतीय बजारमा कम्प्याक्ट एसयूभी सेगमेन्टको लिडर हुन्डाई क्रेटा रहेको छ भने भर्रखरै आएको किया सेल्टोसको बिक्री निकै राम्रो भइरहेको छ । नेपाली बजारमा पनि कियाले आफ्नो नयाँ एसयूभी सेल्टोसको बुकिङ नाडा अटो शो २०१९ बाट लिन सुरु गरिसकेको छ । 

हामीले यहाँ कम्प्याक्ट एसयूभी सेगमेन्टका ४ विभिन्न मोडलको बारेमा उल्लेख गरिएका छौं । 

१. हुन्डाई क्रेटा 


हुन्डाई क्रेटा नेपाली बजारमा पनि निक्कै रुचाइएको एसयूभी हो । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा बजारमा ल्याएको हो । विभिन्न ८ भेरियन्टमा उपलब्ध क्रेटाको नेपाली बजार मूल्य ४३ लाख ९६ हजारदेखि ६१ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ । 

२. महिन्द्रा स्कर्पियो 


महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियो भारतमा २००२ मा सार्वजनिक भएको हो । भारतीय बजारमा यो गाडी निक्कै लोकप्रिय रहेको छ । भारतका साथै स्कर्पियो नेपाली बजारमा पनि धेरै रुचाइएको अफरोड गाडीमा पर्छ । नेपाली बजारमा महिन्द्राका गाडी अग्नी इनकर्पोरेटेडले बिक्री गर्दै आएको छ । महिन्द्रा स्कर्पियोको नेपाली बजार मूल्य ५१ लाख ५८ हजार रुपैयाँदेखि ७१ लाख २५ हजार रुपैयाँसम्म रहेको छ । 

३. रेनो डस्टर 


फ्रेन्च कार उत्पादक कम्पनी रेनोको कम्प्याक्ट एसयूभी डस्टर निक्कै चर्चित छ । भारत तथा नेपालमा दुवै बजारमा यो एसयूभी उपभोक्ताको रोजाईमा परेको छ । तर पछिल्लो समय भारतीय बजारमा डस्टर बिक्रीमा गिरावट आएसँगै कम्पनीले यसको फेसलिफ्ट मोडल बजारमा ल्याएको छ । 

नेपाली बजारमा एडभान्स अटोमोबाइलले रेनोको डस्टर उपलब्ध गराउँदै आएको छ । डस्टरको बजार मूल्य ३९ लाख ९० हजारदेखि ५८ लाख ६२ हजार ५ सय ५३ रुपैयाँसम्म रहेको छ ।  

४. निसान किक्स


जापानी कार उत्पादक कम्पनी निसानको किक्स उत्पादन तथा सार्वजनिक भए लगत्तै निक्कै चर्चित भएको थियो । अहिले पनि भारतीय बजारमा किक्सको चर्चा उत्तिकै छ । नेपाली बजारमा पायोनियर मोटर्सले बिक्री गर्दै आएको निसान किक्सको बिक्री निकै राम्रो रहेको मानिएको छ । निसान किक्सको नेपाली बजारमा ४८ लाख ९९ हजारदेखि ६० लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । 


Back_to_top