हाइब्रिड कारमा अर्थमन्त्रीले दिए बम्पर छुट

Not found

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६\७७ का लागि जेठ १५ मा संघीय संसदमा पेश गरेको बजेटमा हाइब्रिड कारको आयातमा व्यापक छुट दिएका छन् । बजेटमा हाइब्रिड गाडीमा लाग्ने भन्सार र अन्तःशुल्कमा ५०\५० छुट दिने व्यवस्था गरिएको छ । 

आर्थिक अध्यादेशले ८७.०२ र ८७.०३ अन्तर्गत पर्ने कम्प्रेसन–इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुबै भएका तथा स्पार्क–इग्निसन इन्टरनल कम्बसन रेसीप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुबै भएका सवारी साधन पैठारी गर्दा दरबन्धी बमोजिम लाग्ने भन्सार महसुलमा पचार प्रतिशत छुट हुनेछ । 


त्यस्तै समान शिर्षकका अन्तर्गत पर्ने कम्प्रेसन–इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुबै भएका तथा स्पार्क–इग्निसन इन्टरनल कम्बसन रेसीप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुबै भएका सवारी साधनमा पचार प्रतिशत अन्तःशुल्क छुट हुनेछ, भनि उल्लेख गरिएको छ । 




image not found