कारको माइलेज बढाउने ७ तरिका

काठमाडौं । नेपालमा प्रयोग हुने अधिकांस कार डिजेल, पेट्रोल बाट चल्ने छन् । यी कारहरुले प्रतिलिटर  ८ देखि १५ किलोमिटरसम्म माइलेज दिने गरेको पाइन्छ ।

पछिल्लो दिनमा डिजेल, पेट्रोलको मूल्य निकै महंगो छ । यस्तो अवस्थामा तपाईको गाडीको माइलेज बढाउन केही कुरा ध्यान दिदा पनि थुप्रै इन्धन बच्छ ।

केही सावधानी अपनाउँदा इन्धनको कारण रकम बचतसँगै अन्य थुप्रै खर्च कम हुन्छ ।

सर्भिसिङ समयमा नै गराउने

समयमा नै कारको सर्भिसिङ गराउनु एकदमै जरुरी हुन्छ । इन्जिन आयलको मात्रा जाँच गराउने, एयर फिल्टर सफा गर्ने, इन्धन फिल्टर ठिकसँग जाँच गर्ने काम निरन्तर गर्नु पर्छ । फिल्टरहरुमा धुलो जमेर फोहोर धेरै हुनाले कारमा अरु समस्या देखिनुसँगै माइलेज पनि कम हुन्छ ।

सहि र एउटै इन्जिन आयलको प्रयोग

कारको सर्भिससँगै यसमा प्रयोग भएको इन्जिन आयल क्वालीटीको हाल्न आवश्यक हुन्छ । बजारमा धेरै थरीका आयलहरु पाइन्छन् । ती मध्ये कम्पनीले तोकेको मात्रै प्रयोग गर्नु पर्छ । आयल परिवर्तन गरिरहदा इन्जिनमा असर पर्नुका साथै माइलेज कम दिने समस्या आउने गर्छ ।

प्याडल सिस्टमको राम्रोसँग प्रयोग गर्ने

प्याडलको मतलब एक्सिलेटर, ब्रेक र क्लज हुन् । यसको प्रयोग जरुरत अनुसार चाहिने जति मात्रै गर्नु पर्छ । आवश्यकता भन्दा बढि स्पीड चलाउँदा इन्धनको प्रयोग बढि हुने गर्छ जसले गर्दा माइलेज कम आउने समस्या देखिन्छ ।

टायरको एयर प्रेसर ख्याल गर्ने

तपाईको कार सबै सहि हुँदा हुँदै पनि टायरमा हावाको मात्रा कम हुनाले कारको रफ्तार कम हुनुका साथै माइलेजसम्म घट्ने गर्छ । यसले माइलेज दिनुका साथै आरामदायी यात्रामा सहायता दिन्छ । त्यस कारण समय समयमा टायरको एयर प्रेसर चेक गराइरहनु पर्छ ।

वजन भएका सामान नहाल्ने

भारी सामानराखेको खण्डमा कारको गति कम हुने भएको कारणले गर्दा माइलेज कम दिने गर्छ । त्यसैले कारको डिकिमा वजन भएको सामान हालेर चलाउनु उचित हुँदैन ।

गियरको प्रयोग सहि तरिकाले गर्ने

ड्राइभिङ गरिरहेको समयमा गियरको प्रयोग उचित स्पीडमा मात्रै गर्ने । हतारमा छिटो छिटो गियर चेन्ज गर्नाले कारलाई प्रेसर पर्नुका साथै माइलेज पनि कम दिने गर्छ । कार गुडाउने र रोक्ने बेलामा सहि गियरको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

चर्को घाम लागेको ठाउँमा पार्किङ नगर्ने

चर्को घाममा कार पार्किङ गर्नाले पनि माइलेज घट्ने सम्भावना हुन्छ । उच्च तापक्रमले गर्दा कारको इन्टेरियर धेरै हिट हुन्छ । त्यसले कार चलाउने क्रममा टप स्पीडमा धेरै समयसम्म एसी चलाउनु पर्छ । जसले गर्दा माइलेज कम हुन्छ । त्यसैले घाम चर्किएको ठाउँमा पार्किङ गर्नु हुँदैन ।


Back_to_top