तपाईले लाइसेन्स पाउनु भो ? मासिक एक लाखको दरले प्रिन्ट हुँदै

काठमाडौं । यातायात व्यवस्था विभागले ९ महिनामा ८ लाख ८४ हजार ५ सय ६३ स्मार्ट लाइसेन्स प्रिन्ट गरेको छ । वैशाख २ गतेसम्म सो परिमाणमा लाइसेन्स प्रिन्ट भएको हो । 

प्रिन्ट भएका स्मर्ट लाइसेन्स सम्बन्धीत लाइसेन्स कार्यालयहरुमा पठाइसकिएको विभागका सूचना प्रविधि शाखाका निर्देशक श्रीचन्द्र शाहले जानकारी दिए । 

उनका अनुसार अझै ५ लाख ३४ हजार लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको छ । ‘हामीले ८ लाख ८४ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेका छौँ, ५ लाख लाइसेन्स प्रिन्ट गराउन बाँकी छ, त्यो पनि समयमा सक्ने तयारीमा छाँै,’ शाहले मेरोअटोसँग भने । 

विभागले २०७२  मंसिरदेखि स्मार्ट लाइसेनस वितरण गर्न सुरु गरिएको हो । तर, बीचमा आएको प्रिन्टिङ समस्याले विभागको आलोचना भइरहेको थियो । 

अहिले जुन गतिमा कार्ड प्रिन्ट भइरहेको छ अबको केही महिना भित्र सबै स्टक लाइसेन्स प्रिन्ट हुने विभागले जानकारी दिएको छ । त्यसपछि भने ट्रायल पास गरेको केही दिनमा नै स्मार्ट लाईसेन्स उपलब्ध गराउने विभागले जनाएको छ ।  


Back_to_top