Asian Beast का २५० सीसी मोटार्ड बाइक, मूल्य अनुसारको फिचरले लोभ्याउँछ

Not found

काठमाडौं । एसियन बिट्शको आधिकारिक वितरक एशियन अटोमोबाइल प्रालिले नेपाली बजारमा आकर्षक मोडल बिक्री गर्दै आएको छ । विशेषत, डर्ट बाइकको बजार खोजिरहेको एशियन बिट्शले गत जनवरीमा २५० सीसी सेग्मेन्टका तीन भेरियन्ट नेपाल ल्याएको थियो ।  

मोटार्ड, डर्ट र सेमी डर्टगरि तीन भेरियन्टमा उपलब्ध रहेको एशियन बिट्श २५० मोटरसाइकलले युवा वर्गलाई लोभ्याउन सफल भएको छ । 

कम्पनीले यी मोटरसाइकलको सुरुवाति मूल्य ४ लाख रुपैयाँ तोकेको छ । तीन भेरियन्टमध्ये फिचर लोडेड मोटरार्ड २५० ब्रान्डकै सर्वाधिक आकर्षक मोटरसाइकल हो । नेपाली बजारमा मोटार्ड भेरियन्टको मूल्य ४ लाख २५ हजार रुपैयाँ रहेको छ ।

यसमा उपलब्ध फोर स्ट्रोक एयरकुल्ड सिबी इन्जिनले ७ हजार आरपीएममा २२.५ बीएच पावरका साथै ७ हजार आरपएिममा १९.५ एनएम टर्क उत्पादन गर्छ । उक्त इन्जिनमा पाँच स्पीड म्यानुअल गियरबक्स लगाइएको छ । ६.५ लिटर क्षमताको इन्धन टयांकी दिइएको छ । 

प्रतिलिटर २८ किलोमिटर माइलेज दिने यो बाइकको टप स्पीड क्षमता प्रतिघन्टा १४० किलोमिटर रहेको छ । यसको नेट तौल भने १३२ किलोग्राम रहेको छ ।

मोटरसाइकलको फ्रन्ट र रियर साइडमा डिस्क ब्रेक दिइएको छ भने सुरुक्षा फिचरलाई बलियो बनाउन एबीएस उपलब्ध रहेको छ । 

९०० एमएम सिट हाइट भएको यो मोटरसाइकल नेपाली बजारमा ब्ल्याक रेड, ब्ल्यु ह्वाइट, रेड ह्वाइटगरि तीन कलर अप्सनमा उपलब्ध रहेको छ । बाइकमा मोबाइल चार्जिङ पोर्ट, मोबाइकल होल्डर, युबएसबी चार्जर,  डिबी फिल्टर, लगायतका विविध विशेषता दिइएको छ ।



image not found