५६ करोड रुपैयाँको बाइक !

Not found

विश्वको सबैभन्दा तीव्र गतिमा चलाउन सकिने यातायातको साधन हवाईजहाज हो । हाइस्पीड भनेर निर्माण गरिएका रेल र ठूला इन्जिन भएका कार प्रतिघण्टा ३ वा ४ सय किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्नु सामान्य हो । 

तर, मोटरसाइकलको गति प्रतिघण्टा ६७२ किलोमिटर भन्दा विश्वास नलाग्न सक्छ । 

डज टोमाहक विश्वको सबैभन्दा पावरफुल सुपरबाइकमा नाम लेखाउन सफल बाइक हो । यो सुपर बाइकको टप स्पीड ६७२ किलोमिटर प्रतिघण्टा रहेको छ । यो सुपरबाइक १५ वर्ष अघि नन स्ट्रीट लिगल कन्सेप्टको रुपमा तयार पारिएको थियो । यसको मूल्य नेपाली रुपैयाँमा हिसाव गर्दा करिब ५६ करोड पर्न आउँछ ।

डज टोमाहक सुपरबाइक सन २००३ मा नर्थ अमेरिकाको इन्टरनेशनल अटो शोमा प्रदर्शन गरिएको थियो । यसको डिजाइन र स्पीड देखेर बाइक प्रेमीहरु आकर्षित भएका थिए । 

विश्वमा डज टोमाहक सुपरबाइक ९ जना व्यक्तिले मात्र किनेका छन् । डज टोमाहक सुपरबाइकले ६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्र १.५ सेकेन्डमा तय गर्नसक्छ । यसमा ८.३ लिटर भी–१० एसआरटी भाइपर इन्जिन जडान गरिएको छ । यो सुपरबाइकको इन्जिनले अधिकतम ५०० एचपीको पावर जेनेरेट गर्न सक्छ ।

यसमा ४ वटा टायरको प्रयोग गरिएको छ, २ वटा अगाडि र २ वटा पछाडि । डज टोमाहक सुपरबाइकले ७१२ एनएम टर्क जेनेरेट गर्छ ।



image not found