सस्ताे मूल्यमा इलेक्ट्रीक कार चढ्ने दिन आउँदै

काठमाडौं । विश्वमा इलेक्ट्रीक सवारीसाधन अन्भेषण र उत्पादनमा अर्बौ डलर खर्च गरेर स्थापित कम्पनीदेखि स्टार्टअप कम्पनीसम्मले काम गरिरहेका छन् । यदि तपाई पनि इलेक्ट्रीक सवारीसाधन किन्ने सोचमा हुनुहुन्छ भने तपाईले निकै आकर्षक मूल्यमा उत्कृष्ट कार पाउन सक्नु हुनेछ । तर, त्यसका लागि तपाईले सन् २०२३ सम्म कुर्नु पर्ने हुन्छ ।

ब्लुम्बर्गले गरेको एक अध्ययनले सन् २०२३ सम्ममा प्रतिकिलोवाट व्याट्रीको मूल्य १०० डलर हाराहारीमा पर्नेछ । सन् २०१० मा प्रतिकिलोवाट ११८३ डलर रहेको व्याट्रीको मूल्य अहिले १५६ डलर रहेको रिपोर्टमा उल्लेख गरिएको छ । जुन २०१० को तुलनामा ८७ प्रतिशतले कम भएको हो ।

ब्लुम्बर्गले व्याट्रीको मूल्य कम हुनुमा उच्च माग र उत्पादन धेरै हुनु, इलेक्ट्रीक सवारीसाधनको बिक्रीमा आएको वृद्धि र धेरै कम्पनीले निरन्तर उच्च रेञ्जमा गाडी उत्पादन सुरु गर्नुलाई मुख्य कारण मानेका छन् ।

भविष्यमा अझै व्याट्रीको लागत कम हुनुको कारण पनि उक्त रिसर्चले उल्लेख गरेको छ । जसमा धेरैजसो कम्पनीले उस्तै र एउटै स्टायडर्डको व्याट्री प्रयोग गर्नु र उत्पादन लागत घट्नुलाई मुख्य आधार मानेका छन् ।

रिपोर्टले सन् २०२४ सम्ममा व्याट्रीको माग २ अर्व किलोवाट पुग्ने छ । उच्च मागसँगै व्याट्रीको मूल्य घटेर १०० डलर प्रति किलोवाटभन्दा तल आउने छ । उक्त रिपोर्टले व्याट्रीको बजार कत्रो हुने छ भन्ने आंकलन पनि गरेको छ । सन् २०३० सम्ममा पुग्दा वार्षिक ११६ विलियन डलर बराबरको व्याट्रीको कारोबार हुने प्रक्षेपण गरिएको छ ।

सन् २०२४ मा १०० डलर अनुमान गरिएको व्याट्रीको मूल्य सन् २०३० मा प्रतिकिलोवाट ६१ डलरमा आउने प्रक्षेपण गरिएको छ ।

व्याट्रीको मूल्यमा गिरावट आएसँगै इलेक्ट्रीक कारको मूल्यमा समेत कमि आउने छ । अहिले इलेक्ट्रीक कारको कुल मूल्यको करिब ४५ प्रतिशत लागत व्याट्रीमा खर्च हुने गरेको छ । यसले विश्वमा इलेक्ट्रीक सवारीको उपस्थीतिलाई बलियो बनाउने छ ।


Back_to_top