भारतीय कम्पनीले उत्पादन गरेको इलेक्ट्रीक स्पोर्ट बाइक ‘हक’

भारतीय बजारमा स्टाटअप कम्पनीले विभिन्न इलेक्ट्रीक बाइक तथा स्कुटर सार्वजनिक गर्न थालेका छन् । पूर्ण इलेक्ट्रीक स्पोर्ट बाइकको रुपमा आएको यो फियरिङ्ग बाइक तीन महिना भित्र बजारमा बिक्री सुरु गरिने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

नयाँ इलेक्ट्रीक बाइक इभोल्ट हकलाई कम्पनीले पहिलो पटक देखाएसँगै यसको चर्चा विश्वस्तरमा सुरु भएको छ । लामो समयदेखि फियरिङ्ग डिजाइनमा बाइक ल्याएर यामाहा र सुजुकी जस्ता कम्पनीहरु विश्व बजारका यूवालाई आकर्षित गर्न सफल भइरहेका छन् । इभोल्टले पनि त्यही बाटो समाएको छ । 

यो नयाँ इलेक्ट्रीक बाइकको विषयमा राइडपार्ट डटकमले लेखेको छ ‘के यो प्लेन हो ? होइन यो एउटा सुन्दर चरा हो ।’ उक्त मिडियाले दिएको उपमाले नै जनाउँछ यो इलेक्ट्रीक बाइक कति सुन्दर छ भन्ने तथ्यलाई । स्पोर्ट बाइकका शौखिनहरुलाई यसले सजिलै आकर्षित गर्न सक्ने छ । 

यसको डिजाइन धेरै हदसम्म सुजुकी जिक्सर र एफजेड १ सँग मिल्दोजुल्दो रहेको छ । कम्पनीका अनुसार यो बाइकले एकपटकको फुल चार्जमा १५० किलिोमिटर रेञ्ज प्रदान गर्छ भने फुलचार्ज हुन ५ घन्टा लाग्ने छ ।

इलेक्ट्रीक हकको टप स्पीड ८० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसको संचालन खर्च ग्यासोलिन बाइकभन्दा निकै कम पर्ने जनाइएको छ ।

इभोल्ट हकमा सबै एलइडी लाईटको प्रयोग गरिएको छ । डिजिटल स्पीडोमिटर, अलोय ह्वील, एबीएस, अगाडिको चक्कामा डिउल डिस्क ब्रेकजस्ता फिचर दिइएको छ ।

भारतीको हरियाणामा उत्पादन फ्याक्ट्री लगाएको कम्पनीले बाइकको विषयमा भने अन्य जानकारी सार्वजनिक गरेको छैन ।  


Back_to_top