एआइमार्फत दुर्घटना विश्लेषण गर्न हुन्डाईको एमडीजीओसंग साझेदारी

Not found

कोरियाली कार निर्माता कम्पनी हुन्डाई मोटर्सले सवारी सुरक्षा प्रणालीको विकास गर्न इज्रायलको स्टार्ट–अप कम्पनी एमडीजीओसँग सम्झौता गरेको छ । एमडीजीओ स्टार्टअप मेडिकल आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली हो ।

हुन्डाई मोटर्स र एमडीजीओले स्वास्थ्य र अटोमोटिभलाई नजिकबाट हेर्ने वा समन्वयात्मक रुपमा सुरक्षित बनाउने प्रविधि विकास गर्ने छन् । यस्तो खालको प्रणाली हालसम्म विकास भएको पाइँदैन । यो हुन्डाईको उपभोक्तालाई सुरक्षीत गर्ने दर्शनबाट प्रेरित रहेको छ । त्यस्तै कम्पनीले हालै विकास गरेको कनेक्टेड मोबिलिटीले पनि यसमा सहयोग गरेको छ ।

एमडीजीओ एआईले कारमा भएका प्यासेन्जर तथा चालक दुर्घटनामा पर्दाको वास्तविक अवस्था बारेमा र मेडिकल आवश्यकताको बारेमा जानकारी गराउने छ । एमडीजीओको प्रविधि र कारको सेन्सरको प्रयोगबाट उक्त कुरा थाहा हुने छ । यसबाट हुन्डाईले घाइतेको अवस्था बारे जानकारी गराउनेछ ।

चालकको सुरक्षाका लागि एमडीजीओको एआइ विश्लेषण प्रविधिले काम गर्ने हुन्डाई मोटर्स ग्रुपका इनोभेसन प्रमुख युङचो चीले बताए । सुरुमा चालकको लागि अवस्थाबारे जानकारी दिने गरि प्रविधिको विकास भएको र यसलाई प्यासेन्जरसम्म विस्तार गर्ने योजना रहेको चीको भनाई छ । यो प्रविधिले कारमा भएका चालक तथा यात्रुको वास्तविक अवस्था बारे जानकारी दिने छ ।

विश्वकै ठूलो कार उत्पादक मध्येको एक हुन्डाईसंग भेइकल र मेडिकलको ग्यापमा नयाँ प्रविधि÷साझेदारी पुलको रुपमा रहने एमडीजीओका प्रमुख कार्यकारी अधिकृत इताइ बेन्गारले बताए ।



image not found