यस्तो छ जीप कम्पास ट्रायलहक, अर्को महिना बजारमा आउने

Not found

निक्कै चर्चामा रहेको अमेरिकी ब्रान्ड जीपले उत्पादन गरेको जीप कम्पास ट्रायलहकको इन्टेरियर तथा एक्टेरियरको तस्बिर बाहिरिएको छ । जीपले भारतीय बजारमा आफ्नो नयाँ मोडल ट्रायलहक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

जीप ट्रायलहकमा ८.४ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित स्याटेलाइट नेभिगेसन सिस्टम समेत रहेको छ । यो विशेषता ट्रायलहकको सबै भेरियन्टमा उपलब्ध हुनेछ । 

जीप कम्पास ट्रायलहक ९ स्पीड अटोमेटिक ट्रान्समिसन रहेन छ जसमा टर्क कन्भटर समेत रहेको छ । ट्रायलहकमा बीएस–६ मापदन्ड अनुसारको २.० लिटर मल्टिजेट आइआइ डिजेल इन्जिन रहेको छ । 


भारतीय बजारमा जीप कम्पास २०१७ को मध्य तिर सार्वजनिक भएको थियो । नयाँ जीप कम्पास ट्रायलहकको मूल्य २८ देखि ३० लाख भारुसम्म पर्ने अनुमान गरिएको छ । यो गाडीमा विभिन्न आधुनिक विशेषताहरु समावेश भएका छन् । 

जीप कम्पास ट्रायलहक भारतीय बजारमा जुलाईबाट बिक्री हुनेछ । तर जुन मै आपचारिक सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ । 



image not found