फक्सवागेन ग्रुपका गाडी २५ प्रतिशतसम्म सस्तो हुन्छः गुरुप्रताप भोपाराइको अन्तर्वार्ता

Not found

स्कोडा अटो इन्डियाका एमडी र फक्सवागेन ग्रुप इन्डियाका प्रमुख गुरुप्रताप भोपाराइसँग कम्पनीको आगामी योजना, व्यापार बृद्धिको संभाव्यता, सुधारात्मक सर्भिस क्वालिटी तथा लागत कटौतीलगायतका विषयमा अटोकार इन्डियाले गरेको कुराकानीको संम्पादित अंशः 

हालैमात्रै फक्सवागेन समुहको अध्यक्षता सम्हाल्नु भएको छ । तत्कालको लागि तपाईले देखेको चुनौति, लक्ष्य र प्राथमिकताका विषय के होलान् ?

अहिले भारतीय बजारमा स्कोडा कम्पनीको नयाँ प्लाटफर्म स्थापना गर्नु पहिलो प्राथमिकताको विषय बनेको छ । त्यसपछि, उत्पादनमा जोड दिने लक्ष्य लिएका छौं । सँगै, अन्य कम्पनीसँगको सहकार्यमा नयाँ रणनीति निर्माण गर्ने र सोही अनुसार अगाडि बढ्ने हाम्रो मुख्य योजना रहेको छ । 

सामान्यतया, फक्सवागेनको लागत बढी नै हुनेगरेको छ । आगामी दिनमा लागतको विषयलाई कत्तिको ध्यान दिने योजना बनाउनु भएको छ ? 

अवस्यपनि, लगानीको क्षेत्रमा केही परिमार्जन गर्नुपर्ने आवश्यकता मेलै देखेको छु । हामीले यसका लागि नयाँ मापदन्ड निर्माण गर्ने योजना बनाएका छौं । आगामी दिनमा प्रतिस्पर्धी मोडलको मुल्यसँग मिल्ने गरि आफ्नो उत्पादनको अनावस्यक लागत र खर्च कटौति गर्ने रणनीति हामी अंगाल्ने छौं । त्योसँगै, ग्राहकलाई अप्ठ्यारो नपर्ने गरि मूल्यमा समायोजन गर्नेछौं । ताकि, हामीलाई पनि केही लाभ पुगोस् । 

जहाँसम्म लाग्छ, स्कोडा कम्पनी लागत सम्बन्धी समस्या समाधान गर्न सक्षम हुनेछ र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिनेछ । सँगै, भारतमा न्युनतम मूल्यको संरचना निर्माण गर्नूृृ निक्कै महत्वपूर्ण कुरा हो । आगामी दिनमा हामी लागतको विषयमा निक्कै केन्द्रित हुनेछौं । 

कम्पनीले स्थानीयकरणको रणनीति अवलम्बन गर्नु कत्तिको उचित होला ? बजार बिस्तारका लागि स्थानीयकरण आधारस्तम्भ बन्न सक्छ ? 

भारतीय बजारमा कम्पनीको स्थानीयकरण गर्नु मेरो पहिलो प्राथमिकता हो । बजारमा स्थापित हुनको लागि स्थानीयकरण आवश्यक छ । हामीले भारतीय बजारमा ९५ प्रतिशत स्थानीयकरण गर्ने योजना बनाएका छौं । हाम्रो मुख्य उद्देश्य आफ्नो गाडीको लागि इन्जिन, पावर टे«नसमेत यही उत्पादन गर्ने भन्न हो । मलाई विस्वास छ त्यसमा हामी सफल हुनेछौं । 

नयाँ इमिशन मापदन्ड कार्यन्वयन भएसँगै डिजेल भेरियन्टको मोडलको प्रतिस्पर्धामा कमी आउने आँकलन गरिएको छ ? डिजेल मोडलको उत्पादनका लागि कम्पनीले कस्तो योजना बनाएको छ ? 

नयाँ प्रविधीले डिजेलाई पेट्रालको जस्तै कम उत्र्सजन योग्य बनाएको छ । उच्च प्रविधिको प्रयोग हुने भएकाले पेट्रोल गाडीको तुलनामा डिजेल गाडीको मूल्य केही बढी पर्नु स्वभाबिक हो । हाल, अन्तर्राट्रिय बजारमा सिएनजी, हाइब्रिड तथा इभी मोडलको उत्पादन भैरहेको छ । पेट्रोल, डिजेल तथा ग्यासको विकल्पको रुपमा आएको इलेक्ट्रीक प्रविधि निक्कै उपयोगी बनेको छ । आगामी दिनमा सोही प्रविधिलाई अवलम्बन गर्ने योजना हामीले पनि बनाएका छौं । 

भारतीय बजारमा इन्जिनियरिङ्ग तथा अटो उत्पादनको क्षेत्रमा आएको बिकासलाई कसरी नियाल्नु भएको छ ? 

हाम्रो योजना भारतमा इन्जिनियरिङ्ग परियोजना (२.०)लाई बढवा दिनु हो । यो परियोजनाको बिस्तारका लागि एच क्यु अवधारणाको बिकास गर्ने हाम्रो लक्ष्य रहेको छ । त्यहाँबाटै टप ह्याट्स मोडल निर्माण गर्ने योजना बनाएका छौं ।

अटो बजारमा फक्सवागेन ग्रुप सर्भिस क्वालिटिमा पछाडि रहेको चर्चा गरिन्छ । सँगै, लागत अत्याधिक भएको गुनासो आउने गरेको छ नि ?  

२.० परियोजना अन्र्तगत हाम्रो पहिलो प्राथमिकता भनेकै उच्च सर्भिस क्वालिटी प्रदान गर्नु हो । हाल, कम्पनीले विभिन्न काम कारबाही संचालन गरिरहेको छ । स्कोडा मात्रै हैन, सिंगो भिडब्ल्यु ग्रुप आफ्टर सेल्स सर्भिस तथा ब्रांन्डको प्राविधिक समस्याबारे छलफल गरिरहेको छ । यतिमात्र नभई मोडलको वारेन्टी, डिलरमा आइपर्ने समस्या, उच्च लागतलगायतका विषयमा छलफल गरिरहेका छौं । सँगै, स्थानीयकरण पश्चात्  हाम्रो लागत १० देखि १२ प्रतिशतसम्म कटौती हुने अपेक्षा राखेका छौं । कतिपय मोडलमा २५ प्रतिशतसम्म लागत कटौती हुने संभावना रहेको छ । 

भारतमा २.० परियोजना सुरु भएको अवस्थामा एसयुभीको उत्पादनलाई कसरी निरन्तरता दिनु हुन्छ ? आगामी दिनको लागि कस्तो योजना बनाउनु भएको छ ? 

तत्कालको लागि २.० रियोजना हाम्रो सुरुवात हो । यसलाई नै आक्रमकरुपमा अगाडि बढाउने निष्कर्षमा हामी पुगेका छौं, सोही अवधारणामा रहेर नयाँ चार मोडल उत्पादन गर्ने लक्ष्य हामीले लिइसकेका छौं । अझ अन्य मोडलपनि हामी ल्याउने छौं ।



image not found