संस्थातग सदस्यहरुसँग नाडाको बृहत बैंठक सम्पन्न

चितवन । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले आफ्ना संस्थातग सदस्यहरुसँग अटो क्षेत्रको विद्यमान अवस्थाको विषयमा छलफल गरेको छ ।

चितवनमा भएको उक्त संयूक्त बैंठकमा चितवन अटोमोवाइल एसोसिएसन, पश्चिमाञ्चल अटोमोवाइल एसोसिएसन, हेटौंडा अटोमोवाइल एसोसिएसन र मोरङ्ग अटोमोवाइल एसोसिएसनका अध्यक्ष तथा अन्य कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षहरु ध्रुवबहादुर थापा, कृष्णप्रसाद दुलाल र प्रकाश कपुरीको उपस्थिति रहेको थियो ।

त्यसैगरी नाडाका अन्य पदाधिकारीमा महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती र सहकोषाध्यक्ष बिक्रम सिंघानिया बैंठकमा उपस्थित रहेका थिए ।

साथै, सदस्यहरु पंकज अग्रवाल, दिपक अग्रवाल, मिलनबाबु मल्ल, नवराज डल्लाकोटी, माधवप्रसाद पौडेल र नन्दकिशोर शाही उपस्थिति

भेलामा धारणा राख्ने अधिकांश संस्थातग अध्यक्षहरुले व्यवसायीक एकतामा जोड दिदै अटोमोवाइल व्यवसायमा लागेका सबैको माउ संस्थाको रुपमा नाडालाई अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।

सबै संस्थाका अध्यक्षहरुले ठूलो व्यवसाय भएका सबै स्थानमा अटो भिलेज निर्माणमा जोड दिएका थिए । त्यसकालागि आवस्यक सहयोग र सरकारसँग समन्वयगर्न नाडाले भूमिका खेल्नु पर्ने उनिहरुले माग गरेका थिए ।

सबै सदस्यहरुको जिज्ञासाको जवाफ दिदै नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले अटो व्यवसाय कठिन बन्दै गएको भन्दै सबै व्यवसायीहरुमा एकता हुनु पर्नेमा आफ्नो पनि जोड रहेको र त्यसका लागि नाडामा अवद्ध सबैसँग राय सल्लाह लिर्दै अगाडि बढिरहेको बताएका थिए ।

‘अहिले राज्य र समाजबाटै अटो क्षेत्रलाई हेर्ने नजर परिवर्तनको आवस्यकता रहेको र त्यो व्यवसायीक एकता विना संभव छैन’ बैंठकलाई संबोधन गर्दै दाहालले भनेका थिए ।

‘व्यवसायीक एकताले नै हरेक संस्था बलियो हुने भन्दै सबै सदस्य संस्थाहरुसँग मिलेर काम गर्न नाडा सधै तयार रहेको छ’ नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले भने ।

उनले संघिय संरचना अनुसार नाडाको विस्तार गर्ने काम अगाडि बढेको बताउँदै अटो क्षेत्रको विकासका लागि नाडाले विभिन्न तालिमका कार्यक्रमसमेत गर्ने जानकारी दिएका थिए


Back_to_top