९ बुँदे घोषणा पत्र जारी गर्दै अटोमोटिभ इञ्जिनियरिङ्ग सम्बन्धि राष्ट्रिय सम्मेलन सम्पन्न

धुलिखेल । काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा अटोमोटिभ इञ्जिनियरिङ्ग सम्बन्धि दुई दिने राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । 

यूनाइटेड नेशनको सप्ताहव्यापी सडक सुरुक्षा कार्यक्रमको सन्दर्भमा धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालयको हलमा आयोजना भएको सम्मेलनको दोस्रो दिन सांसद डिला संग्रौलाले मुख्य वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

सम्मेलनको दोस्रो दिन एसएई इन्डियाका कोषाध्यक्ष कमल किशोर छगनलाल भोराले सेफ, स्मार्ट एण्ड सुस्टेनेबल मोबिलिटी शिर्षकमा, नासाका महासचिव गोविन्द भट्टराईले पाँचौ यूएन ग्लोवल रोड सेफ्टी सप्ताह बारे, प्रेम लामाले वर्कशप व्यवस्थापन बारे, नेपाल अटोमेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद  न्यौपानेले अटोल्याण्ड शिर्षकमा, नेपाल मोटर साइकल फेडेरेसनका सचिव सन्तोष न्यौपानेले इन्टरनेशनल ड्राइभिङ पर्मिटका विषयमा काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवालले प्यासेन्जर कारमा स्पेश कुलिङ विषयमा तथा सिटिभीटी कि प्रतिनिधि निशी श्रेष्ठले अटोमोटिभ एजुकेसन सम्बन्धि शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

आइएई नेपालका महासचिव बासुदेव तिमल्सिनाले नौं बुदे घोषणा पत्रका साथ कार्यक्रमलाई समापन गरेका थिए । 

पहिलो दिन अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कार्यक्रमको समुदघाटन गरेका थिए । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका अध्यक्ष अशोक ब्यन्जु श्रेठले कार्यक्रमलाई सम्बोधन गरेका थिए । एसएई इन्डियाका कोषाध्यक्ष कमलकिशोर छगनलाल भोरा, साझा यातायातका चेयरपर्सन कनकमणि दीक्षित , नासाका महासचिव गोविन्द भट्टराई, पूर्व मन्त्री गणेश साह, काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. ड्यानियल तुलाधर तथा सफल उद्यमी कपिल शिवाकोटी किनोट स्पिकरको रुपमा सहभागी भएका थिए ।

उक्त गैरनाफामूलक कार्यक्रममा हिट्को लगायत विभिन्न अटोमोबाइल कम्पनी, लुब्रिकेन्ट कम्पनी, इन्स्योरेन्स कम्पनीको पनि सहयोग रहेको थियो । 


Back_to_top