निसान ज्यूक प्लगइन हाइब्रिड मोडलमा, सेप्टेम्बरमा डेभ्यु हुने

Not found

काठमाडौं । निसान ज्यूकको नयाँ संस्करण आउने भएको छ । कम्पनीले सन् २०१० बाट बिक्री वितरण सुरु गरेको यो मोडलको दोस्रोे सस्करण आगामी सेप्टेम्बर ३ मा डेभ्यु  हुने भएको हो । निसानले ग्रिप्प–अप धारणामा निर्माण भएको यो मोडललाई सन् २०१५ को फ्रान्कफर्ट मोटर शोमा प्रदर्शन गरेको थियो ।

यसको बोनेटमा सुपर स्लीक एलइडी डीआरएलएस, ट्री एरो प्याट्रन हेडलाइट, फ्लोटिंग रुफलाइन, अपस्वेफ्ट बेल्टलाइन, नोटेवल र्याकिङ ब्ल्याक ग्लास लगायतका विशेषता दिइएको छ ।

नयाँ ज्यूक, सीएमएफबी प्लाटफर्ममा निर्माण भएको कम्पनीको पहिलो कार हो । यो प्लाटफर्म सीएमएफ बी एलएस र सीएमएफ बी एचएस दुई भेरियन्टमा आउने गर्छ । यसमा पुरानो मोडलको भन्दा फराकिलो क्याबिन, आकर्षक इन्टेरियर र ५० एमएम लामो ह्वीलवेश दिइएको छ ।

ज्यूकमा १.० लिटर पेट्रोल इन्जिन, १.३ लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन र १.५ लिटर टर्बाे चार्ज्ड डिजेल इन्जिनसँगै प्लग इन हाइब्रिड भेरियन्टमा आउने कम्पनीले जनाएको छ ।




image not found