ट्राफिक नियम मिचे अब १० हजारसम्म जरिवाना !

Not found

काठमाडौं । सरकारले सवारी चलाउँदा ट्राफिक नियम उल्लंघन गर्दा लाग्ने जरिवाना बढाउने तयारी गरेको छ । सवारी नियम उल्लंघन गरे लाग्ने जरिवाना कम भएको र त्यसले गर्दा धेरैले नियम मिचेको भन्दै यातायात व्यवस्था विभागले महानगरिय ट्राफिक महाशाखासँग समन्वयनमा यस्तो तयारी गरेको हो ।

नयाँ आउन लागेको ऐनसँगै जरिवाना बढाउने तयारी गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले जानकारी दिए । हाल मापसे, हिट एण्ड रन, वान वे, मोडिफाइ, भाडा बढी उठाउने, इजाजत बिना सवारी चलाउनेलगायतका ट्राफिक नियम उल्लंघन भए ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।

यसअघि त्यस्तो नियम उल्लंघन गर्नेलाई १ हजारसम्म जरिवाना हुँदै आएकोमा अब त्यसलाई बढाएर १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गर्न लागिएको पन्तले बताए ।

जरिवाना निमय मिच्नेका लागि भएकाले त्यो बढी नै हुनु पर्ने भन्दै पन्तले भने, ‘जरिवाना बढी भएपछि नियम मिच्नेको संख्या स्वतः घट्ने छ । गल्ती नगर्नेले जरिवाना तिर्नु पर्दैन ।’

ट्राफिक नियम उल्लंघन गर्नेलाई गरिने जरिवाना बढाउनका लागि यातायात विभागमा पस्ताव पेश गरिएको उनको भनाई छ । ‘अहिले सबैमा जरिवाना न्यूनतम मात्र छ, यी विषयहरुमा तत्काल बढाउनुपर्छ भनेर हामीले यातायात विभागमा प्रस्ताव गरेका छौँ,’ पन्तले मेरोअटोसँग भने ।

स्वीकृती बिना मोडिफाई, तोकिएको भाडाभन्दा बढी लिने, सवारी दुर्घटना गराउने र सवारी आवगमनमा वाधा पुराउनेलाई ५ हजार रुपैयाँसम्म जरिवाना बढाउन लागेको उनले जानकारी दिए ।

यस्तै मापासे गर्नेलाई पहिलो पटक फेला परे ३ हजार दोस्रो पटक फेला परे ५ हजार र तेस्रो पटक फेला परे १० हजार रुपैयाँसम्म कारवाही गर्ने व्यवस्थाको प्रस्ताव महाशाखाले गरेको छ ।

हिट एण्ड रन केसमा ५ हजार रुपैयाँ, वान वेमा सवारी गुडाउनेलाई ५ हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था गर्न लागिएको पन्तले बताए । यी विषयहरुमा तत्काल जरिवाना बढाउनका लागि यातायात विभागमा प्रस्ताव पठाइएको छ ।

जरिवाना निमय मिच्नेका लागि भएकाले त्यो बढी नै हुनु पर्ने भन्दै पन्तले भने, ‘जरिवाना बढी भएपछि नियम मिच्नेको संख्या स्वतः घट्ने छ । गल्ती नगर्नेले जरिवाना तिर्नु पर्दैन ।’

जरिवान यातायात व्यवस्था ऐनमै तोकिएकाले त्यो वृद्धिका लागि पनि ऐन नै संशोधन गर्नु पर्छ । त्यसका लागि सरकारले हालको सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरेर संघीय यातायात ऐन बनाउने तयारी गरेको छ । विभागका अनुसार उक्त ऐनको संशोधनको प्रकृयामा रहेको छ । 



image not found