रोयल इन्फिल्ड क्लासिक–३५० गनमेटल ग्रे विशेष मूल्यमा

काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोबाइल्सले आफ्नो अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० गनमेटल ग्रे नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यसको सुरुवाति मूल्यको रुपमा ५ लाख १५ हजार रुपैयाँ तोकेको छ । यद्यपी कम्पनीले यो मूल्य केही दिनको लागि मात्रै भएको जानकारी दिएको छ । 

रोयल इन्फिल्ड गनमेटल ग्रे स्पोर्टी लुक्स, म्याट फिनिस र पछाडि पनि डिस्क ब्रेकको साथ उपलब्ध रहेको छ । भारतीय प्रदुषण मादन्ड बिएस ४ अनुसारका यो बाइक भारतमा सर्वाधिक बिक्री हुने मोडल हो । 

रोयल इन्फिल्ड क्लासिक ३५० गनमेटल ग्रेमा ३५० सीसीको इन्जिन दिइएको छ । यस दिइएको हेडलाईट केसिङ, फिउल ट्याङ्क, डिउल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्हस्ट फिन, स्पीडोमिटर, हेडलाईट क्याप जस्ता विशेषताले निकै उत्कृष्ट बनाएको कम्पनीको दाबी छ ।  

विवेक अटोमोबाइल्सले आफ्ना १९ वटा शाखा एवं डिलहरु मार्फत नेपाली बजारमा रोयल इन्फिल्डका उत्पादन बिक्री वितरण गर्दै आइरहेको छ ।


Back_to_top