नाडा अटो शोमा रोयल इन्फिल्डः गनमेटल ग्रे मुख्य आर्कषण, यस्तो छ मूल्य

Not found

काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोबाइल्सले आफ्नो अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० गनमेटल ग्रे भदौ १० गतेदेखि सुरु हुने नाडा अटो शोमा प्रदर्शनी तथा बिक्रीको मूख्य आर्कषणको रुपमा राख्ने भएको छ । कम्पनीले उक्त मोटरसाइकल केही समय अगाडी नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले यसको सुरुवाति मूल्यको रुपमा ५ लाख १५ हजार रुपैयाँ तोकेको छ । यद्यपी कम्पनीले यो मूल्य केही दिनको लागि मात्रै भएको जानकारी दिएको छ । 

रोयल इन्फिल्ड गनमेटल ग्रे म्याट फिनिस र डबल डिस्क ब्रेकको साथ उपलब्ध रहेको छ । भारतीय प्रदुषण मादन्ड बिएस ४ अनुसारका यो बाइक भारतमा सर्वाधिक बिक्री हुने मोडल हो । 

रोयल इन्फिल्ड क्लासिक ३५० गनमेटल ग्रेमा ३५० सीसीको इन्जिन दिइएको छ । यस दिइएको हेडलाईट केसिङ, फिउल ट्याङ्क, डिउल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्हस्ट फिन, स्पीडोमिटर, हेडलाईट क्याप जस्ता विशेषताले निकै उत्कृष्ट बनाएको कम्पनीको दाबी छ ।  

विवेक अटोमोबाइल्सले आफ्ना १९ वटा शाखा एवं डिलहरु मार्फत नेपाली बजारमा रोयल इन्फिल्डका उत्पादन बिक्री वितरण गर्दै आइरहेको छ । यसका साथै कम्पनीले अटो शोमा रोयल इन्फिल्ड एलेक्ट्रा ३५०/५००, क्लासीक ३५०/५००, थन्र्डरबर्ड जस्ता मोडलको प्रर्दशन तथा बिक्री गर्ने जनाएको छ ।



image not found