रोयल इन्फिल्डले ल्यायो क्लासिक ३५० मा लाग्ने ब्राण्डेड एशोसोरिज, एक्जस्ट १६ किसिममा

Not found

सिंगल सिट अप्सनमा उपलब्ध रोयल इन्फिल्ड क्लासिक ३५० मोडल ग्राहकको चाहाना अनुकुल परिमार्जन गर्न मिल्ने भएको छ । कम्पनीले घोषणा गरेको ‘मेक योर ओन’ नामक कार्यक्रम अन्र्तगत उक्त मोटरसाइकल कस्टुमाइज गर्न सक्ने किसिमले कम्पनीले एशोसोरिजहरु ल्याएको छ । 

अब उपभोक्ताले कम्पनीले उपलब्ध गराएको जेन्यून अप्सनल एशोसोरिज आफ्नो मोटरसाइकलमा लगाउन पाउनेछन् । तर, सुरुमा यो अफर कम्पनीले मुम्बइ, चेन्नाई, बेङ्गलोर लगायतका विभिन्न ६ सहरमा मात्र लागु गरेको छ । यसलाई क्रमिक रुपमा विस्तार गर्दै जाने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीले एशोसोरिज अन्तर्गत विभिन्न १६ एक्जस्ट अप्सन उपलब्ध गराउने भएको छ । भारतमा लागुहुने नयाँ इमिशन मापदन्ड तथा सुरक्षासम्बन्धी नीति अनुरुप तयार भएका १६ भिन्न–भिन्न एक्जस्ट ग्राहकले छानेर मोटरसाइकलमा लगाउन सक्ने कम्पनीले जनाएको छ ।

पुरानो मोडलमा उपलब्ध एक्जस्टभन्दा ४० प्रतिशत हलुका रहेको यी एक्जस्टमा कम्पनीले दुई  वर्षे वारेन्टी दिने जनाएको छ । एक्जस्टको मूल्य भने ३६ सय भारु तोकिएको छ । यसले बाइकको पर्फमेन्स तथा लुक्सलाई आकर्षक बनाउने कम्पनीको दाबी छ ।  

एक्जस्टका अलवा कम्पनीले फरक क्याटेगारिका बडीवर्क, कन्ट्रोल्स, इलेक्ट्रीकल, इन्जिन, लगेज, प्रोटेक्शन, सिट, सेक्युरिटी तथा मेन्टेनेन्स, ह्वील लगायतका एशोसोरिज उपलब्ध गराउने उल्लेख गरेको छ । 



image not found