नेपालमा बनेको क्लासिक स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । इलेक्ट्रीक स्कुटरको मोडल ‘एसडी १’ नेपाली बजारमा एसेम्बल गरिएको क्लासिक स्कुटर हो । उक्त स्कुटरलाई कम्पनीले १ लाख ४९ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री वितरण गरिरहेको छ ।

इलेक्ट्रीक स्कुटर मियामाका लागि नेपालको आधिकारीक वितरक तथा एसेम्बल गर्ने कम्पनी मियामा मोटर्स प्रालिले नेपाली बजारमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले विभिन्न ६ मोडलका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा एसेम्बल गरेर बिक्री वितरण गरिरहेको हो ।

कम्पनीले अहिले बिक्री गरिरहेको मोडलमा जेवाइ १, एलवाइ १, वाइवाइजेड, सिजेवाई १, टिएन सिक्स र एसडी १ रहेका छन् । यी मोडल मध्ये एसडी १ कम्पनीको क्लासिक डिजाइनमा तयार भएको इलेक्ट्रीक स्कुटर हो ।

लिथियम आयोन र लिड एसिड दुबै ब्याट्री अप्सनमा उपलब्ध यो स्कुटरमा ७२ भोल्ट क्षमताको व्याट्री दिइएको छ । यसमा रहेको लिड एसीड व्याट्री फुलचार्ज गर्न ६ घण्टासम्म लाग्छ भने लिथिएम आयोन व्याट्री चारघन्टामा फुलचार्ज हुने छ । अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो स्कुटर निकै सुरक्षीत रहेको कम्पनीले जनाएको छ ।

यसमा दिइएको हाइड्रोलिक एयर सस्पेन्सनले स्कुटरलाई निकै आरामदायी बनाएको कम्पनीले दाबी गरेको छ भने, एक पटकको फुलचार्जमा यसले १०० किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

पूर्ण डिजिटल स्पीडोमिटर रहेको यो स्कुटर चोरी हुने सम्भावना अत्यन्त न्यून रहेको छ । यसमा दिइएको रिमोट युक्त साँचोको प्रयोग गरेर यसको पछाडिको चक्का लक गर्न सकिने छ ।

बजारमा लिड एसिड व्याट्रीयुक्त स्कुटरको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ भने लिथिएम आयोन व्याट्री लगाइएको स्कुटरको मूल्य १ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

यो मोटरसाइकलको उच्च गति ४५ किलोमिटर प्रतिघन्टा रहेको छ । करिब ७० किलोग्राम कुल तौल रहेको यो स्कुटर कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा एसेम्बल गरिरहेको छ ।


Back_to_top