नाडा अटो शोमा टीभीएसः नयाँ सुरक्षा फिचर सहितको अपाची आरटिआर १६०

Not found

काठमाडौं । आगामी भदौ १० गतेबाट सुरु हुने नाडा अटो शोलाई लक्षित गर्दै विभिन्न दुइ पाँग्रे सवारी बिक्रेता कम्पनीले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने योजना बनाइरहेका छन । 

यसैबीच, टीभीएसको लागि नेपालको आधिकारीक वितरक जगदम्बा मोटर्सले पनि अटो शोमा नयाँ मोटरसाइकल प्रदर्शनीमा राख्ने भएको छ । कम्पनीले आरटीआर १६० डबल डिस्क भर्सनको बिक्री तथा प्रदर्शनी गर्ने भएको हो ।

यो  मोटरसाइकल १५९.७ सीसी सिंगल सिलिन्डर फोर स्ट्रोक एफआई इन्जिनमा आउने छ । यसमा उपलब्ध इन्जिनले ८ हजार आरपीएममा १५.१२ पिएस र ६ हजार ५ सय आरपीएममा १३.०३ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ५ स्पीड गियरबक्स लगाइएको छ ।

स्पोर्ट नेकेड र कम्युटर बडी स्टाइलमा आउने यस मोडलको फ्रन्ट र रियरमा डिस्क बे्रक लगाइएको छ । बाइकमा १२ लिटर क्षमताको फ्युल ट्यांकी लगाइएको छ । प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्ने यस बाइकको टपस्पीड क्षमता प्रतिघन्टा ११० किलोमिटर रहेको कम्पनीले जनाएको छ ।

बाइकमा डिजिटल स्पीडोमिटर, ट्रिपमिटर, ओडोमिटर, एनालग टेकोमिटरका साथै एलइडी टेललाइट जडान गरिएको छ ।

यसमा सिन्क्रोनाइज ब्रेकिंग सिस्टम दिइएको छ भने डबल क्रेडल स्क्रन्को एसटीआइएफएफ चेसिस लगाइएको छ । फ्रन्टमा टेलिस्कोपीक फर्क सँगै हाइड्रोलिक ड्याम्पर र रियरमा मनोट्युब इन्भर्टेड ग्यास फिल्ड सस्पेन्सन दिइएको छ ।

यसको लम्बाई २०८५ एमएम, चौडाई ७३० एमएम र उचाई ११०५ एमएम रहेको छ । ७९० एमएम सिट हाइट रहेको यस मोडलको ह्वीलवेश १३ सय एमएम र ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ । यसको तौल भने १३९ किलोग्राम रहेको छ । यसको फ्रन्ट र रियरमा समान १७ इन्चको अलोय ह्वील लगाइएको छ । 

साथै, कम्पनीले आरटीआर फोर भी रेस एडिशन, आटीआर १६० फोर भी, ज्युपीटर क्लसिक स्कुटर, आरआर ३१०, स्ट्राइकर ११०, एनटर्क १२५ लगायतका स्कुटर तथा बाइकको बिक्री गर्दै आएको छ ।




image not found