टीभीएसको बाइक टेष्ट ड्राइभ गर्दा २५ जनालाई मद्रासमा रेसिङ एक्सपेरियन्स

Not found

नेपालको लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस मोटरसाईकलका ग्राहकहरुलाई लक्षित गरेर नयाँ योजना ‘अपाचे रेस ट्रयाक एक्सपेरियन्स’ ल्याएको छ । उक्त योजना अनुसार देशभर रहेका टीभीएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे आरआर ३१० तथा अपाचे २०० फोरभी भी२ को टेस्टराईड मात्र गरि उक्त योजनामा सहभागि हुन सकिनेछ । याेजना अनुसार २५ जना विजेताहरुले भारतको चेन्नाईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे आरआर ३१० र २०० फोरभी भी कुदाउन पाउनेछन् ।

साथै टीभीएसका उक्त बाइकका खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः १० हजार र ७ हजार बराबर नगद उपहार पाउनेछन् । यो योजनामा सहभागीहरुले उक्त बाईकहरु खरिद गर्दा अपाचे आरआर ३१० को लागि मासिक किस्ताबन्दी  १९ हजार ९३ रुपैयाँ, अपाचे २०० फोरभी भी२ को लागि  ११ हजार २ सय ४५ मात्र कायम गरिएको छ । 

नयाँ बिक्री योजनाका बारेमा जानकारी दिदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले हरेक मोटरसाईकल राइडरका लागि रेस ट्रयाकमा मोटरसाईकल कुदाउने इच्छा हुने बताए । त्यसैलाई मध्येजनर गर्दै जगदम्बा मोटर्सले उक्त योजना ल्याएको उनको भनाई छ । 

मद्रास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३ हजार ७ सय ४० मिटरको रहेकोे छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिङ्ग ईभेन्टहरु आयोजना भईसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरु माझ अत्यन्तै लोकप्रिय रहेको छ । 

टीभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजनामा सहभागी भई नयाँ अनुभव हासिल गर्ने अवसर नगुमाउन कम्पनीले सबै मोटरसाईकल प्र्रेमीहरुलाई आग्रह समेत गरेको छ । 




image not found