विलाशी फिचर भएका सस्ता कार

Not found

कार उत्पादकहरुले कम मूल्यमा धेरैभन्दा धेरै विशेषता तथा सुविधा समावेश गर्न थालेका छन् । कार बजारमा प्रतिस्पर्धा बढेसँगै सवारी उत्पादकहरुले उच्च प्राथमिकताका साथ नयाँ र विलाशी विशेषता सहित बनाउनमा केन्द्रीत भएका हुन् । 

यस्तोमा तुलनात्मक रुपमा सस्तो मूल्यमा विलाशी कारमा हुने विशेषता उपलब्ध भएका कारको बारेमा यहाँ उल्लेख गरिएको छ । 

फोर्ड इकोस्पोर्ट, हुन्डाई भेन्यू र महिन्द्रा एक्सयूभी–३०० मा –टायर प्रेसर मोनिटरिङ सिस्टम

टायरमा हुने हावाको प्रेसर थाहा पाउनु निक्कै महत्वपूर्ण मानिन्छ । यो कारमा हुने महत्वपूर्ण विशेषता हो । यो प्रणालीले टायरको हावाको प्रेसर थाहा हुने भएकाले कारलाई व्यालेन्ससँग गुडाउन सहयोग पुग्छ । 

यो सुविधा नयाँ कम्प्याम्ट एसयूभी फोर्ड इकोस्पोर्ट, हुन्डाई भेन्यू र महिन्द्रा एक्सयूभी ३०० मा उपलब्ध रहेको छ । फोर्ड इकोस्पोर्ट नेपाली बजारमा उपलब्ध छ भने भेन्यू र एक्सयूभी ३०० नाडा अटो शो २०१९ सम्ममा बजार आउने छन् । 

यो विशेषता बीएमडब्लू ७ सिरिज, अडी क्यू८ तथा भोल्भो एक्ससी९० लगायत विलाशी कारमा उपलब्ध रहेको छ । 

हुन्डाई इलाइट आइ २० वायरलेस फोन चार्जर

वायरलेस फोन चार्जर विलाशी तथा महँगा गाडीमा मात्र उपलब्ध हुन्छ । अडी क्यू७, मर्सिडिज सी–क्लासलगायत कारमा यो विशेषता रहेको छ । तर, पछिल्लो समय हुन्डाईको प्रिमियम ह्याचब्याक कार इलाइट आइ २० मा समेत वायरलेस फोन चार्जको सुविधा उपलब्ध हुने भएको छ । यो विशेषता सहितको इलाइट आइ २० केही समयपछि बजारमा आउने छ । 

निसान किक्स ३६० क्यामेरा

निसानको नयाँ एसयूभी किक्समा ३६० डिग्री क्यामेरा उपलब्ध रहेको छ । यो विशेषता कम स्पेसमा पार्किङ गर्न सजिलो हुनेछ । यो विशेषता ल्यान्ड रोभर डिस्कभरी, रोल्स रोयस कुलिनानलगायत कारमा उपलब्ध रहेको छ । निसान किक्स नेपाली बजारमा समेत उपलब्ध रहेको छ । 

टाटा नेक्सन इन्जिन मोड

टाटा मोटर्सले उत्पादन गरेको नेक्सन कम्प्याक्ट एसयूभीमा इन्जिन मोडल उपलब्ध रहेको छ । यो डिजेल तथा पेट्रोल दुबै इन्जिामा उपलब्ध रहेको छ । यो विशेषताले कारको इन्जिनले दिने पावर आउटपुट परिवर्तन गर्न सक्छ । नेक्सनको इन्जिमा तीन इन्जिन मोड उपलब्ध रहेको छ । यो विशेषताले इन्धन बचत र आवश्यकता अनुसार पावर बढाउन सकिन्छ । 

यस्तो विशेषता विलाशी कारमा मात्र उपलब्ध हुने गरेको थियो । टाटा नेक्सन नेपालमा राम्रो बिक्री हुने कम्प्याक्ट एसयूभीमा पर्छ । 



image not found