यस्तो हुने छ रेनोको नयाँ डस्टर

रेनोले आफ्नो चर्चित एसयूभी डस्टरको अलन्यू मोडल ल्याउने भएको छ । एचजेडी कोडनेम सहित निर्माण भैरहेको डस्टरको रिफ्रेश मोडलमा बिएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको छ । 

रेगुलर मोडलको स्वरुपसँग मिल्दोजुल्दो यस मोडलको फ्रन्टमा हाइयर बोनेट लाइन लगाइएको छ । जसले, लिड र इन्जिनबीच स्पेश कायम गर्ने कम्पनीले जनाएको छ । 

यसको फ्रन्टमा दिइएको पेड्शस्ट्रेशन हिटले कारलाई थप सुरक्षीत बनाउने कम्पनीले दाबी गरेको छ । रि–डिजाइन बोनेटसँगै नयाँ मोडलमा अल न्यु ग्रिल, स्लाइट्ली अलर्ट हेडल्याम्प, अल न्यु र चंकीअर फ्रन्ट बम्पर दिइने छ । 

रेगुलर मोडलको जस्तै हेडलाइट रहेको नयाँ डस्टरमा एलडी डिआरएलएस र प्रोजेक्टर हेडल्याम्पको साइज बढाइएको छ । यसको टप भेरियन्टमा सनरुफ दिने कम्पनीले जनाएको छ । स्पोर्टी सनरुफसँगै, नयाँ डिजाइनमा निर्माण भएको अलोय ह्वील र टेलगेटमा उपलब्ध एडिशनल प्लास्टिक क्लेडिंगले एसयूभीलाई फ्रेुस लुक प्रदान गर्नेछ । 

रिफ्रेश डस्टरमा फेब्रिक सिट, नयाँ इन्पmोटेनेमेन्ट सिस्टम, एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टीभिटी जस्ता विशेषता प्रदान गरिएको छ भने केही कनेक्टेड कार फिचर दिइएको कम्पनीले जनाएको छ । 

सेफ्टी किट अन्र्तगत, डबल फ्रन्ट एयरब्याग, स्पीड वार्निङ, पार्किङ सेन्सर, एबीएस, सिटबेल्ट वार्निङजस्ता विशेषता प्रदान गरिने बताइएको छ  । 

नयाँ डस्टर पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलव्ध हुनेछ । यसमा दिइने १.५ लिटर के९के डिजेल इन्जिन दिइने छ । जसले ११० बीएच पावर उत्पादन गर्छ । यसको डिजेल भर्सनमा ६ स्पीड डिजेल र पेट्रोल भर्सनमा ५ स्पीड म्यानुअल ट्रान्समिसन दिइने छ । डिजेल भर्सनको डस्टर एएमटी भर्सनमा र पेट्रोल भर्सनको डस्टर सिभीटी गियरबक्स सहित बिक्री हुनेछ ।

नेपाली बजारमा सन् २०१७ देखि रेनो डस्टरको बिक्री वितरण हुँदै आएको छ । रेनोका उत्पादनको आधिकारीक बिक्रेताको रुपमा एड्भान्स अटोमोबाइलले बिक्री वितरण गर्दै आएको छ । 


Back_to_top