यी ८ कारण अल्टो ८०० सधै चर्चामा, नेपालमा बिक्री हुन्छ मासिक २०० यूनिट

काठमाडौं । भारतमा बनेको पहिलो कार मारुती ८०० उत्पादन सुरु भएको ३६ वर्ष पुरा भइसकेको छ । स्थापना कालदेखि नै आफ्नो स्थानलाई चच्च राख्न सफल यो कारले धेरै सफलताको स्वाद चाखिसकेको छ । 

यस बीचमा कम्पनीले कयौं पटक यसको स्वरुप र इन्जिनमा परिमार्जन गरेको छ । तर, यसको बिक्रीमा भने कहिल्यै कमी आएको छैन । सन् १९८३ बाट उत्पादन सुरु भएको मारुती अल्टो ८०० नेपाली बजारमै भित्रिएको झन्डै तीन दशक पूरा हुन लागेको छ । यो मोडल सन् १९९२ नेपाल आएको थियो । 

अल्टो, सुजुकीले नेपाली बजारमा सर्वाधिक बिक्री गर्ने कार मध्ये एक हो । नेपालमा ट्याक्सीको रुपमा प्रयोग हुदै आएको यो कारले नै नेपालमा मारुती सुजुकीलाई स्थापित गरेको हो । 

डिजाइन, स्वरुप, फिचर तथा मूल्यमा थुप्रै पटक परिमार्जन भइसकेको अल्टो ८०० लाई हाल बीएस ६ मापदन्ड अनुरुपको इन्जिनसँगै केही विशेषता परिवर्तन गरेर बजारमा ल्याइएको छ । 

मारुती सुजुकीको आधिकारीक वितरक सिटी मोटोकर्पले चार महिना अगाडि नेपालमा नयाँ इन्जिन र सुरक्षा फिचरसहितको अल्टो भित्र्याएको थियो ।

कम्पनीले यसको माग र स्थापित बजारलाई मध्यनजर गर्दै इन्जिनलाई नयाँ प्रदुषण मापदन्ड (बीएस ६) अनुरुप परिमार्जन गरेको पहिलो कार हो । 

अहिलेपनि औषतमा मासिक दुई सय युनिट अल्टो बिक्री हुने गरेको कम्पनीले दाबी गरेको छ । ३० वर्षे अन्तरालमा कम्पनीले झन्डै ३० हजार यूनिट अल्टो बिक्री गरेको सिजी मोटो कर्पको भनाई छ । 

आकर्षक पावरट्रेन, कम मूल्य, डिजाइन र जस्तो सुकै बाटोमा चलाउन सकिने विशेषता यसका सवल पक्ष हुन् । दुई पाँग्रे सवारीसाधनबाट चार पाँग्रेमा उक्लन चाहने मध्यमवर्गिय परिवारको विशेष रोजाइमा पर्ने अल्टो सदावहार कारको नामले चिनिन्छ । 

इन्जिन

अल्टो ८०० भन्ने वित्तिकै कम सीसीको गाडी भन्ने बुझिन्छ । यसमा उपलब्ध ७९६ सीसी थ्री सिलिन्डर पेट्रोल इन्जिनले उत्कृष्ट आउटपुट दिने गर्छ । ६ हजार आरपीएममा ४७ बीएच पावरका साथै  ३५ सय आरपीएममा ६९ एमएम टर्क उत्पादन गर्ने क्षमता उक्त इन्जिनमा रहेको छ । 

यसमा पाँच स्पीड म्यानुअल गियरबक्स लगाइएको छ । यसलाई पावरफुल तथा विश्वसनिय इन्जिनका कारण पनि बढि रुचाइने गरिन्छ ।

डायमेन्सन

यसको लम्बाई ३३४५ एमएम, चौडाई १५१५ एमएम, उचाई १४७५ एमएम रहेको छ । २३६० एमएमको ह्वीलवेश भएको यो कारमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

तौल र माइलेज

यसको नेट तौल ७६२ किलोग्राम रहेको छ भने, टप स्पीड क्षमता प्रतिघन्टा १४० किलोमिटर रहेको छ । यसले प्रतिलिटर २४.०५ किलोमिटर माइलेज प्रदान गर्छ । माइलेजकै कारण अल्टोले राम्रो बजार पाएको कम्पनी स्वयंमले बताउने गर्छ । यसमा ३५ लिटर क्षमताको फ्यूल ट्यांकी लगाइएको छ ।

ब्रेक

यसको फ्रन्ट साइडमा डिस्क र रियर साइडमा ड्रम ब्रेक लगाइएको छ। यस्तै, फ्रन्टमा म्या फ्रेरोन स्ट्रट र रियरमा थ्रि लिंक रिगिड एक्शल सस्पेन्सन दिइएको छ भने दुबै साइडमा १२ इन्चको ह्वील लगाइएको छ  ।

विशेषता

यसमा बुटल होल्डर, रिमोट फ्युल फिलर, ड्राइभ साइड स्टोरेज सेल्फ, रियर रेसर सेल्फ, भेरिएबल इन्टरमिटेड वाइपर, एयर कन्डिशनर, पावर स्टेयरिंङ विशेषता दिइएको छ । यस्तै, यसमा एबीएस, इबीडी, ब्लुटुथ, सेन्ट्रल लकिङ, फ्रन्ट स्पीकर, रियर पार्किङ सेन्सर जस्ता फिचर समेटिएको छ ।

मर्मत खर्च कम

गाडी धनीकाअनुसार अल्टो धेरै रुचाइनुको मुख्य कारण मध्ये हो, सर्वशुलभ मर्मत खर्च । यसका पार्टपुर्जा सहजै उपलब्ध हुने गर्छ भने, मर्मत संभारको शुल्क अन्य कारको तुलनामा कम रहेको छ ।

फाइनान्स सुविधा र वारेन्टी

कम्पनीले अल्टोमा आकर्षक फाइनान्स सुविधा प्रदान गर्दै आएको छ । ५० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिने अल्टोमा कम्पनीले १० देखि १५ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्रदान गर्दै आएको छ । हाल, कम्पनीले यस मोडल चार वर्षको वारेन्टी दिँदै आएको छ ।

मूल्य

नेपाली बजारमा अल्टो विभिन्न दुई भेरियन्टमा बिक्री भइरहेको छ । यसको स्टायडर्ड (एसटीडी) भेरियन्टको मूल्य १८ लाख ९९ हजार रहेको छ भने एलएक्सआई भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ । 

त्यसैगरी कम्पनीले अल्टो के १० भीएक्सआई मोडलपनि बिक्री गर्दै आएको छ । ९९८ सीसी क्षमताको यस कारको मूल्य २२ लाख ८९ हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top